१८ पुष २०८२, शुक्रबार / 02 January 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा रोकिएका विकास निर्माणको काम तत्काल अगाडि बढाउँन मेयर सिंहको निर्देशन

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    वीरगञ्ज, २७ मंसिर । वीरगञ्ज महानगर क्षेत्रभित्र विभिन्न निकाय र कार्यालयद्वारा लगाईएका ठेक्काहरुका योजनाको निर्माण कार्य तत्काल सूचारु गर्न महानगर प्रमुख (मेयर) राजेशमान सिंहले निर्देशन दिएका छन् । 

    Ad
    Ad
    Ad

    सोमबार महानगरमा सघन शहरी विकास आयोजना, सिँचाई विकास डिभिजन, नारायणी सिँचाई व्यवस्थापन कार्यालय, स्वच्छन्द, युनाईटेड, विकास एण्ड ब्रदर्स र पप्पु कन्सट्रक्सनलगायत सरोकारवाला निकाय, कार्यालय र संस्थाका प्रतिनिधि, तथा अन्य जनप्रतिनिधि र महानगरका प्राविधिकहरु सहभागि भएको बैठकमा प्रमुख सिंहले यस्तो निर्देशन दिएका हुन् । 

    Ad
    Ad
    Ad
    Ad

    ठेक्का सकार गरेर वर्षौसम्म काम नगर्ने परिपाटी अब महानगरमा नचल्ने भन्दै सिंहले भने, ‘काम शुरु गरेपछि समयमै सम्पन्न हुनुपर्छ, नभए कारवाहीको भागीदान बन्न तयार रहनुहोस् ।’ ठेकेदारले ठेक्का सकार गर्ने र मोबीलाईजेशन बापतको रकम भुक्तानी लिएपछि वर्षौसम्म काम नगर्ने परिपाटीले नागरिकले दु:ख पाउँदै आएका छन् । 

    एक महिना भित्रमा ठेकेदारले सन्तोषजनक कार्य प्रगति नदेखाएमा कानुन बमोजिम कारवाहीको गर्न उनले चेतावनी पनि दिएका छन् । खासगरी पप्पु कन्सट्रक्सनले धेरै ठेक्काहरुमा जनतालाई दु:ख दिएको भन्दै प्रमुख सिंहले अबपनि पप्पुले आफ्नो जिम्मेवारी पुरा नगरे नगरवासीलाई लिएर उनको घर घेर्ने चेतावनी पनि दिए । 

    महानगर क्षेत्रभित्र भौतिक योजना निर्माणको काम गर्नुपर्दा महानगरसँग समन्वय र पूर्व स्वीकृती लिएर मात्र योजना अगाडि बढाउन पनि सिंहले निर्देशन दिएका छन् । 

    बैठकमा वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, सघन शहरी विकास आयोजनाका प्रमुख झपट बहादुर थापा, सिँचाई विकास डिभिजन वीरगञ्जका प्रमुख श्याम किशोर साफी, नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जका प्रतिनिधि अखलाक सिद्दिकी, पप्पु कन्सट्रक्सनका प्रतिनिधि विश्वास अब्राहम, वडा अध्यक्ष रामकिशोर सिंह (पराग), पूर्वाधार महाशाखा प्रमुख राजेश चौरसिया र भरत थापा लगायतको सहभागिता रहेको थियो ।

     

    ताजा सूचना

    • मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री नियुक्त
    • पूर्वमन्त्री राजकुमार गुप्ताको नाम कालोसूचीमा, प्राविधिक त्रुटिको दाबीले निर्वाचन आयोग दबाबमा
    • प्याप्सनमा नयाँ युगको सुरुवात : राहुल श्रीवास्तवको नेतृत्वले राष्ट्रिय चर्चा पायो।
    • PABSON Junior Boys Cricket Tournament मा सूर्योदय सेकेन्डरी स्कुलले जित्यो ‘Most Disciplined Team’ अवार्ड
    • 🏏 PABSON वीरगञ्ज T10 कप: विद्यालय खेलकुदबाट राष्ट्रिय क्रिकेटतर्फ बलियो पाइला
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.