१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मानिस राजनीतिमा प्रवेश गर्छ तब उसको चाहिने नचाहिने र विवादास्पद बनाउने खेल सुरू

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१९ कार्तिक २०७९
    पर्सा, १९ शनिबार ।
     
    जब मानिस राजनीतिमा प्रवेश गर्छ तब उसको चाहिने नचाहिने र विवादास्पद बनाउने खेल सुरू हुन्छ 
    देशको विडम्बनापूर्ण इतिहास रचेका छन देशका ठेकेदारहरूले !
    नेपालमा जवरजस्ती लादिएको गणतन्त्र ,संघीयता नेपाली जनताले स्वीकार्न बाध्य गराएका थिए। तैपनि देशमा विकास, युवा स्वरोजगार, विकाश उन्नति र सु सम्पन्नता हुन्छ कि भनेर तर त्यसो त भएन सबथोक उल्टो भयो।
    देशले न केही पायो न जनताले ?
    जनता यिनै भ्रष्टाचारी र विखण्डनकारीका दास र गोठाला भए नेता विदेशी दास भए। न देशमा परिवर्तन भयो न विकास न निकास, न शिक्षा, न रोजगार , न कृषिमा आत्मनिर्भरता न आर्थिक स्थितिमा सुधार केही भएन । यिनीहरूकै शासनकालमा देशलाई नै बेची दिए।
    एम.सी. सी. जस्तो राष्ट्रघाती सम्झौता पास गरेर तरपनि जनता यिनकै पक्षमा झुन्ड भएर अगाडि पछाडि लागिरहेको देख्दा अधिकाँश जनता त सच्चै भेडा पो रहेछन भन्ने आभाष भएको छ। एकले स्वय पार्टी नेताले एक अर्काको बदनाम गर्न मिडियाबाजि गरिरहेका छन।
    देशलाई यो दुरावश्थामा पुर्याउने त जनता पो रहेछन धिक्कार हो हामी र हाम्रो विवेक भनेर म नै स्वयं मर्माहत भएको छु।
    जनताले के पाए ?
    देशका अभिभावक मानिएका नेतृत्वबाट ?
    जनताले पाए, भोखमरी, अभाव, तनाव, करको भारी, महंगी, चरम मुल्यबुद्धि, विदेशी ऋणको भारी, विदेशी र स्वयं यिनै नेता भनिएकाको गुलामी , चरम विभेद यातना, अकालमा ज्यान गुमाए, खान नपाएर, उपचारका नाममा सिटामोल नपाएर , कोरोना भाइरसको शिकार र भुकम्पमा समयमा उद्धार र राहत नपाएर अकालमा मर्न बाध्य बनाए। गरीबीको रेखामुनि बाच्न बाध्य नेपाली नेतले जनतालाई बेचेर रमाए र रमाइरहेका छन। देशमा वैदेशिक हस्तक्षेप यहाँ सम्म भयो कि देशमा शासकहरूले विदेशी अनुकूल देशको शासन व्यवस्था संचालन गरिरहेका छन। Comfortable government चलाई रहेका छन।
    नेताले के पाएनन ?
    देशको गरिमामय सदनमा खाली खुट्टा छिरेका भिखारीरूले चरम भ्रष्टाचार गरेर, पारिवारिक सरकार चलाएर, नातावाद ,कृपावाद, कोशेलीबाद, फरियावाद, हजुरियावाद, कृपावाद, फरियावाद, कोशेलीवाद, शक्तिवाद, हुक्केवादको जन्म दिए राष्ट्रवादलाई बहिष्कार गरे। आलिशान महल, अकुत सम्पत्ति , बैंक व्यालेन्स सारा देश नै बेचेर २१ पुस्तालाई पुग्ने सम्पत्ति आर्जन गरे, देश दोहन गरे। जनताको भाग्य र भविष्यमाथि खेलवाड गरे र आज सुकुम्बासी र सुकुटी परेका अनुहार सुकिला,मुकिला, हँसिला, फुकिला, भुडीवाल र धनवान् बनेका छन जनता मरिच जस्तै चिम्रिएका छन।
    अब राजनीतिकको आडमा लज्जास्पद नाटक गरिरहेका छन। चुनावी मैदानमापनि राज्यकोषबाट रकम चरम हिनामिना गरेका छन। उमेदवारी मनोनयन देखि लिएर चुनावी प्रचारप्रसारमा हेलिकप्टर र सरकारी सवारी साधन ईन्धन र सुरक्षा समेतको चरम दुरुपयोग गरेका छन र हाल आएर जनतालाई पैसा, मासु रक्सीमा जनता खरिद गर्न गाउँ गाउँमा पुगेका छन। के हामी पशु हौ। अवपनि जनतामा दासता र पशु नै हामी बन्यौ भने हामी र हाम्रो अश्थित्व रहदैन। तसर्थ देशप्रति जिम्मेवार भएर मत बदलौ तवमात्र हाम्रो भविष्य बदलिने छ। जय राष्ट्रवाद। 
    विराज यादव

    ताजा सूचना

    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.