२९ चैत्र २०८२, आइतबार / 12 April 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पटाका र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न एसपी शाहको अनुरोध।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today२५ कार्तिक २०८०

     २५ ,  कार्तिक // अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

     पर्साका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले विस्फोटक पदार्थको प्रयोगबाट आगलागीलगायत दुर्घटनाको जोखिम हुन सक्ने, चोटपटक लाग्न सक्ने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै प्रयोग नगर्न आग्रह गरेका हुन् ।

    Ad
    Ad
    Ad

    एसपी शाहले यस किसिमका विस्फोटक पदार्थको प्रयोग, उत्पादन, आयात, निर्यात, बिक्री - वितरण र ओसारपसार नगर्न पनि आग्रह गरेका छन् । प्रयोग गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने उनले चेतावनी समेत दिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    दीपावली र छठ चाडपर्वलाई लक्षित गर्दै पर्सा प्रहरी विशेष सुरक्षा योजना समेत बनाएको एसपी शाहले बताए । चाडपर्वको क्रममा हुन सक्ने चोरी, डकैती, लुटपाट नियन्त्रणका लागि क्यूआरटी टोली, मोबाइल गस्तीदेखि र स्ट्राइकिङ्ग सहितका प्रहरी टोली परिचालन गरिने उनले जानकारी दिए ।

    चाडपर्वमा चोरी र दुर्घटना लगायतका घटना भएको हुनाले विशेष सुरक्षा योजना तयार पारिएको शाहले बताए । उनले भने, ‘फास्ट रिस्पोन्सका लागि क्यूआरटी अर्था क्वीक रिस्पोन्स टिम परिचालन गरिनेछ । क्युआरटी प्रहरीको टिम रहनेछ । दुर्घटना भए लगतै वीरगञ्ज महानगरमा पाँच मिनेट भित्र क्यूआरटी टोली पुग्नेछ । त्यसका अतिरिक्त मोबाइल टोली परिचालन गरिनेछ ।’ 

    क्यूआरटी टोलीबाट समस्या समाधान हुन नसके दोषी वा घटनामा संलग्न व्यक्तिलाई गाडीमा राखेर नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा ल्याइने उनले बताए । चाडपर्वका बेला यात्रुलाई हैरानी हुनसक्ने भन्दै वीरगञ्जको बसपार्क, परवानीपुर चोक र भारतबाट नेपालको प्रवेश बिन्दु शङ्कराचार्य द्वार अगाडि प्रहरीको विशेष निगरानी समेत बढाइएको पनि उनले बताए ।

    ‘चाडपर्वको मौका छोपी साना तथा ठूला दुरीका सवारीसाधनले यात्रुलाई ठग्ने, बढी भाडा असुल गर्ने, क्षमता भन्दा बढी यात्रु चढाउने जस्ता गुनासो समेत आउने गरेका छन्,’ एसपी शाहले यात्रा डेलीलाई भने, ‘त्यस्तो समस्यालाई न्यूनीकरण गर्दै यात्रुलाई सुरक्षित ढङ्गबाट गन्तव्य तर्फ पुर्‍याउने हाम्रो उद्देश्य हो । त्यसका लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष पनि हामीले समेत स्थापना गरेका छौँ ।’

    ताजा सूचना

    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    • जेनजी आन्दोलनको नयाँ शक्ति विस्फोट: पर्सामा जिल्ला समिति गठन, महादेव कुर्मी नेतृत्वमा युवा लहर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.