१८ असार २०८२, बुधवार / 02 July 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • देशमा राजा र राजसंस्था को स्थापना हुने निश्चित ।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today१० जेठ २०८०
    काठमाडौं, ११ जेठ // Agnipath Media देशमा राजा र राजसंस्थाको स्थापना हुने निश्चित - राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी।
    गणतन्त्रका नेतृत्वहरू सबै सामाजिक रूपमा,नैतिक रूपमा, आर्थिक रूपमा र विवेकहीनताको पराकाष्ठाबाट जन नजरबाट गिरेको अवश्था कै कारण नेपालमा राजसंस्थाको स्थापना समयले मागेको हो।
    राजालाई राजगद्दी राजसिंहासन चाहिएको पक्कैपनि होइन तर राजाले देशको खस्किएको अवश्थालाई पटकपटक देशका शासकहरूलाई घचघचाएका चाहिँ हुन तरपनि राजाको जनप्रेम, राष्ट्रप्रेम र देशको राष्ट्रियता एवं राष्ट्रिय अखन्डताको सवालमा देशका सबै पार्टीका उच्चस्तरीय नेतृत्व संवेदनशील हुन सकेनन। यिनै नेतृत्वको कारण देशमा जनता वाक्क दिक्क भएर राजाको आवश्यकता महसुस गरेका हुन र वर्तमान जन चाहनापनि यहीँ हो।
    कुनै पार्टीले यश सवालमा जुँगा मसारेर हामीले राजा ल्यायौ भन्छ भने उसको अकर्मण्यता शिवाय केही हुन सक्दैन। राजवादी भनेर कम्बल वोढेर घ्यू खाने जोगी सलबलाएका छन। राजसंस्था र राजालाई जंगलमा पठाउने राजवादीकै खोल वोढेका अवसरवादी तत्व नै हुन। यसमा दरवार सचेत हुन जरुरी छ। यसमा भारतले मावोवादी जनयुद्धको विकुल फुक्यो नेता पाल्यो निर्दोष जनतालाई मार्यो १२ बुदे दिल्ली सम्झौताबाट भारतलाई नै घाटा भएको कारणले हाल आएर कोर्स करेक्सन गरेको हो।
    भारतले अहिले सम्म २०७२ सालको नेपालको संविधान समेतलाई मान्यता दिएको छैन। नेपाली नेताले दिल्लीमा भएको बार्ह बुदे, ५ बुँदे र बीस बुदे सम्झौताको विपरीत काम भएको र नेपालको राजालाई अन्याय भएको महसुस गरेर नेपालमा वैदिक सनातन हिन्दुराष्ट्र ,राजसंस्था र संवैधानिक राजसंस्थाको स्थापना गर्न पहल गरेको हो।
    नेपाली जनता र यि पश्चिमाह राष्ट्रबाट परिचालन भएका नेता र देशका पार्टीका शीर्ष नेताले राजसंस्थाको महत्त्व बुझन सकेनन तर भारतले बुझेर विश्व हिन्दु सम्राटको सम्मान दिएर गोसाइँकुण्डमा दिएको सम्मान र नेपालका राजालाई राज्यभिषेक गरेको इतिहास सर्वोत्कृष्ट प्रमाण हो। राजाको न वाद हुन्छ न राजाले राजनीति गर्छन नेपालमा मानौ राजाको राजनीतिक पार्टी नै छ जस्तो गरेर वाद जोडे राजा र धर्मको नाम भजाएर व्याज खाने काम गरे।
    नेपालमा हिन्दू राष्ट्र र राजसंस्थाको माग गर्ने संघसंस्था ,साधु ढोगी धर्म भजाएर खाने ४ सय संघसंस्था कहाँ छन ? ती अवसरवादी भिजलान्तेहरूको मुल्यांकन दरवारले गरोस भन्ने हाम्रो सुझाव हो। हालका दिनमा लाखौंलाख जनता राजा र राजसंस्थाको पक्षमा छन यो कुरा राजाले बुझन जरुरी छ।
    हालै नेपालका राजा भारत भ्रमणमा छन आजमात्र सम्मानित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्युको कार्यकक्षमा १ घन्टा राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग गोप्य वार्ता भएको छ। अब देशमा संविधान राजसंस्था र राजाको स्थान कसैले रोक्न सक्दैन।
    अझै पनि देशको सरकार र उच्च नेतृत्वमा र सांसदमा विवेक छ भने वर्तमान संविधान संशोधन गरेर संवैधानिक राजा र राजसंस्था तत्कालै सदनबाटै अनुमोदन गरिवोस, संघीयता तत्कालै खारेजी गरिवोस हो अझै जनमत लिन चहाने हो भने दुई महिना भित्र जनमतसंग्रह गराइवोस यो च्यालेञ्ज र राष्ट्रिय अहम प्रश्न हो ? राजाका लागि देश होइन देशको सुरक्षा,स्वाभिमान ,भ्रष्टाचार र वेथितिको अन्त्यकालागि राजा चाहिएको हो।
    यो वाहेक विकल्प नभएको विकल्प खोज्नु देशका लागि दुर्भाग्य हुनेछ ।

    ताजा सूचना

    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    • कुलिङ पिरियड प्रावधान हेरफेरमाथि छानबिनको माग : मन्त्री गुप्ता आक्रोशित
    • त्रिभुवन माध्यमिक विद्यालय, वीरगन्जमा विश्व हिन्दु परिषदद्वारा हनुमान चालीसा पाठ सम्पन्न
    • शिक्षा ऐन नआए आन्दोलन चर्किने : शिक्षक महासंघको सरकारलाई चेतावनी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.