राजनीतिक वर्तमान परिस्थिति र राजनीतिक पार्टीको भूमिका बिषयक एक ऐतिहासिक विश्लेषण।
-
अग्निपथ सम्बादाता
- today१६ फाल्गुन २०७९
१६ फाल्गुन, काठमाडौ // अग्निपथ मिडिया
राजनीतिक वर्तमान परिस्थिति र राजनीतिक पार्टीको भूमिका बिषयक एक ऐतिहासिक विश्लेषण। देश बास्तवमा गंभीर संकटमा छ। देशका सबै बिकाशका वाटाहरू बन्दछन। देशको भाग्य र जनताको भविष्य अन्धकारमय भएको छ। कुनैपनि मानेमा देशको अस्थित्व, राष्ट्रियता ,राष्ट्रिय स्वाभिमान , राष्ट्रिय सुरक्षा,राष्ट्रिय स्वाधीनता, भ्रष्टाचारको अन्त्य,जनताको सार्वभौमसत्ता समेतको ग्यारेन्टी नभएको अवश्था छ। देश दिनप्रतिदिन दलदलमा फसेको छ।
देशमा आर्थिक मन्दी छाएको छ। जनता मारमा छन सरकार र सरकार चलाउने सबै आफ्नो पद,प्रतिष्ठा , कुर्सी र सत्ता स्वार्थमा रमाएका छन। जनता मरून, ऋण तिर्न नसकेर मरून,आत्महत्या गरून्, पेट्रोल खन्याएर मरिनु वा झुन्डिएर मरून सरकारलाई मतलब छैन। खाली सरकार बनाउने गिराउने, सरकारलाई समर्थन र सरकारबाट बाहिरिने विदेशी चलखेल, को राष्ट्रपति को प्रधानमन्त्री कस्ले समर्थन गर्ने कसले मन्त्री पाउने बन्ने वाहेक अरू उपलब्धि शून्य छ।
यी देशका पार्टीका शीर्ष नेतृत्वबाट देश न बन्छ ,न सुरक्षित रहन्छन, न देशमा रोजगारी संभावना दिन सक्छन खाली देश दोहन गर्ने, भ्रष्टाचार गर्ने आफू र आफ्नो परिवारलाई भरणपोषण गर्ने देशलाई ऋणमा डुवानमा पार्ने , जनतालाई , बैकको ऋण र करको भारको मारमा पार्ने यत्रतत्र सर्वत्र अभाव र उत्श्रृखलता सृजना गराउने जनतालाई दास बनाउने, देशलाई विदेशीलाई बुझाउने जनताका दैनिकी असहज बनाउने जस्ता दैनिक मारमा जनतालाई पारेर रमाउने वाहेक यी पार्टीका नेतृत्वबाट अरू केही थप परिवर्तन हुने संभावना देखिएन। देशको सरकार ढलेको छ ऐमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको समर्थन फिर्ता लिएको र आफ्ना मन्त्रीहरूलाई सरकारबाट समेत फिर्ता गरेको छ।
यस्तो अवश्थामा सरकार बनाउने ठुलो दल सरकारबाट फिर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा नै रहनुले यसको संदेश जनतामा राम्रो गएको छैन। वर्तमान प्रधानमन्त्रीबाटै रवि लामिछानेलेलाई पार्टी सभापति ,उपप्रधानमन्त्री ,गृहमन्त्री ,सांसद पद नै खारेजी गराएर विश्व मै नभएको इतिहास रचेर यति सम्म अपमानित हुँदापनि यो विवेकहीन सरकारलाई समर्थन गरेर बस्नु र आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएर लिसो टाँसिए जस्तो टाँसिनु देश र दुनियाँकालागि राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान घटेको छ।
अर्को महत्त्वपूर्ण बिषय चितवनमा बैशाख १० गते हुन गइरहेको उप निर्वाचनमा रविलाई राजनीतिक अंकुश लगाउन केही तत्व स्वयं वर्तमान प्रधानमन्त्री लागेका छन। यश अर्थमा राष्ट्रिय स्वतन्त्र पार्टीमा विज्ञ,डक्टर, ईन्जिनियर अन्य प्रतिभाका धनी युवाहरू छन र उनमा राष्ट्रभक्तिपनि छ तर राजनीतिक ज्ञान, सल्लाहकारको अभाव, राजनीतिमा हुने कौशलता, विज्ञता, राजनीतिक कुटनैतिक अनुभव नभएको तमाम विज्ञहरू विश्लेषण रहेको देखिन्छ। अब राप्रपा ,राष्ट्रिय स्वतन्त्र पार्टी ऐमाले शसक्त प्रतिपक्षमा बस्नु नै सही जनताको जनमतको कदर र सम्मान हुनेछ।
देशको अवश्था, परिस्थिति ,विदेशी चलखेल र देशको कहालीलाग्दो अवश्था र जनताको अन्धकारमा भविष्यको वर्तमान परिस्थितिको मुल्यांकन गर्ने हो र पार्टी ,सिद्धान्त ,आश्था र विचारलाई परित्याग गरेर पार्टी भन्दा माथि उठेर मेची पुलवाट शूरूवात गरिएको दुर्गा प्रसाईको नेतृत्वमा रहेको अभियानमा आलोचनात्मक टिका टिप्पणी गर्नु भन्दा सबै यहीँ २० गते काठमाडौमा हुन गईरहेको राष्ट्रिय तेस्रो जन आन्दोलनमा राष्ट्र ,धर्म, सस्कृति र नागरिक बचाउने राष्ट्रिय जन आन्दोलनमा सबै पार्टी ,जन नागरिक तामाम नेपाली राष्ट्रभक्त व्यक्तित्व , विभिन्न सामाजिक अभियान्ता, समाजसेवी , व्यापारी ,मजदुर,किसान, डक्टर ,ईन्जिनियर , शिक्षक, गुुरू विद्यार्थी , समस्त नेपाली देश तथा विदेशी तथा ७७ जिल्लाबाट उपस्थितिका लागि हार्दिक अपिल तथा समस्त जनताहरू ऐक्यबद्धता भएर देश बचाउन जिम्मेवार नागरिक भएर उपस्थित हुनु वर्तमान आवश्यकता मात्र नभएर अपरिहार्यता भएको भु- धरातलीय वर्तमान राजनीतिक विश्लेषण रहेको छ। राजनीतिक बिष्लेषक कृष्णप्रसाद शर्मा पन्थी।