बीरगञ्ज–रक्सौल सीमा अव्यवस्थित, यात्रुहरू गम्भीर समस्यामा - बिरेन्द्र कन्ठ, अभियन्ता नागरिक पहिलो अभियान
-
अशोक यादब
- today३१ भदौ २०८१
आज नागरिक पहिलो अभियानले बीरगञ्जस्थित नेपाल–भारत सीमामा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रमको नेतृत्व गर्दै अभियानका सक्रिय अभियन्ता वीरेन्द्र कण्ठले सो नाकाबाट आवतजावत गर्ने सर्वसाधारणका विचार संकलन गरेका छन्।
बीरगञ्ज–रक्सौल सीमा अव्यवस्थित, यात्रुहरू गम्भीर समस्यामा नेपाल र भारतको सबैभन्दा ठूलो सीमा नाका, बीरगञ्ज–रक्सौल, अत्यन्त अव्यवस्थित र असुरक्षित अवस्थामा पुगेको छ। यो महत्वपूर्ण सीमा नाकामा ट्राफिक जाम, गहिरो धुलो, र अव्यवस्थित सवारी व्यवस्थापनका कारण यात्रुहरूले दैनिक रूपमा ठूलो समस्या भोगिरहेका छन्।
सार्वजनिक यातायातको अभावले गर्दा यात्रुहरू निजी गाडी प्रयोग गर्न बाध्य भएका छन्, जसले गर्दा लागतमा वृद्धि भएको छ। विशेषगरी महिला, बालबालिका, र वृद्धवृद्धाहरूलाई यात्रा गर्न कठिनाइ भइरहेको छ। बीरगञ्जतर्फका अटोरिक्सा सेवाहरू अत्यन्त अव्यवस्थित छन्, जहाँ धेरै चालकहरूले यातायात नियमको पालना नगर्दा सवारी जाम र दुर्घटनाको खतरा थप बढेको छ।
सीमाको यस्तो गम्भीर अवस्थाका बावजुद कुनै पनि विभागीय निकाय वा स्थानीय नेतृत्वले पर्याप्त ध्यान दिएको छैन। सीमाको सुरक्षा र प्रबन्धन सुधार्नका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, र नागरिक समाजको सक्रिय सहभागिता अत्यन्त जरुरी देखिएको छ।