२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्लाहीमा उखु किसानको विद्रोह: ‘मूल्य नपाए उखु नदीमै!’ राज्य र चिनी मिलमाथि गम्भीर आरोप

    • बिराज यादव बिराज यादव
    • today१५ चैत्र २०८२

    सर्लाही, गढीमाई नगरपालिका–२ मैनाटपुरका उखु किसानहरू अन्ततः आक्रोशित बनेका छन्। धम्कौलस्थित चिनी मिलले प्रति क्विन्टल मात्र २०० रुपैयाँको अपमानजनक मूल्य प्रस्ताव गर्दै उखु खरिद गर्न अस्वीकार गरेपछि किसानहरू आफ्नो वर्षदिनको मेहनत नदीमा फाल्न बाध्य भएका छन्। “यस्तो मूल्यमा बेच्नुभन्दा फाल्नु नै ठीक,” भन्दै किसानहरूले आक्रोश पोखेका छन्। लागतसमेत नउठ्ने अवस्था भएपछि उखु खेती नै संकटमा परेको भन्दै किसानहरू निराश मात्र होइन, विद्रोहको अवस्थामा पुगेका छन्। स्थानीय किसानहरूले गम्भीर आरोप लगाएका छन् कि क्षेत्रका पुराना चिनी मिलहरूले नयाँ चिनी मिल स्थापना हुनै नदिने गरी अवरोध खडा गर्छन्। न त नयाँ उद्योग चल्न दिन्छन्, न आफूले किसानको उत्पादन खरिद गर्छन्—यसरी ‘सिन्डिकेट’ बनाएर किसानलाई सधैँ मारमा पारिएको उनीहरूको दाबी छ।

    Ad
    Ad
    Ad

    उत्पादन भएको उखु खेतमै कुहिने वा नदीमा फालिने अवस्था आउँदा पनि मिल र सम्बन्धित निकाय मौन बस्नुले कृषि क्षेत्रप्रति खुला बेवास्ता भएको स्पष्ट देखिएको छ। अघिल्ला सरकारले कृषिप्रति त्यस्तो खासै व्यवस्था नगरेकाले कृषि क्षेत्र नै कमजोर र अस्तव्यस्त बन्दै गएको आरोपसमेत उठेको छ।

    Ad
    Ad
    Ad

    यद्यपि नयाँ सरकारप्रति भने जनतामा अझै आशा बाँकी रहेको देखिन्छ। बालेन शाह जस्ता नयाँ नेतृत्वबाट केही फरक हुने अपेक्षा गरिएको छ—तर के वास्तवमै परिवर्तन हुन्छ कि हुँदैन भन्ने अझै हेर्न बाँकी छ। किसानहरू स्पष्ट चेतावनी दिन्छन्—यदि अब पनि सरकार जागेन भने किसान बाँच्दैनन्, र किसान नबाँच्दा देशको भविष्य नै संकटमा पर्छ। 

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.