१९ बैशाख २०८३, शनिबार / 02 May 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • छोरी शिक्षाबाट बालविवाह रोक्न सकिन्छ: मुख्यमन्त्री सिंह

    • बिशाल यादब बिशाल यादब
    • today१ फाल्गुन २०८१

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरीबीको रेखामुनि रहेका बहुसंख्यक परिवारहरूले छोरीको विवाह गरेर आर्थिक बोझ घटाउने सोच राख्दा बालविवाहको प्रचलन बढिरहेको बताएका छन्। उनकाअनुसार, छोरी शिक्षामा संलग्नता अभावका कारण यस्तो समस्या उत्पन्न भएको हो र शिक्षा तथा जनचेतनाले मात्र यसलाई अन्त्य गर्न सकिन्छ।

    Ad
    Ad
    Ad

     

    मुख्यमन्त्री निवास, मधेश भवन, जनकपुरधाममा आयोजित कार्यक्रममा बालबालिकाको अधिकार र सुरक्षाका लागि कार्यरत जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधिहरूले पनि आफ्नो मत राखे। उनीहरुले बालिकाको शैक्षिक उपलब्धि र विभिन्न पेशागत क्षेत्रमा प्रदर्शन गरेको सफलतालाई सकारात्मक उन्नतिको संकेतका रूपमा प्रस्तुत गरे।

    Ad
    Ad
    Ad

     

    सतिशकुमार सिंहले भने, “गरिबीका कारण केही अभिभावकहरूले छोरीको पूर्ण शिक्षा बिना नै विवाह गर्ने मानसिकता अपनाएका छन् जसले बालविवाहलाई प्रश्रय दिएको छ। बालिकाको शिक्षाले मात्र होइन, घरपरिवारभित्र र समुदायमा पनि सकारात्मक सोचको विकास गर्न जरुरी छ। हामीलाई थाहा छ कि शिक्षित छोरीले सामाजिक, आर्थिक र पेशागत क्षेत्रमा उत्कृष्टता हासिल गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छिन्।”

    Ad
    Ad
    Ad
    Ad

     
     
     

    उनले अभिभावकहरूलाई आग्रह गरे कि, छोरीलाई बाल्यकालदेखि नै शिक्षा प्राप्त गराउने र विवाहका लागि कानुनी उमेर पुगेपछि मात्र विवाह गर्ने प्रचलनलाई अँगाल्नुपर्ने हो। साथै, गैरसरकारी संस्था र दातृ निनकायहरूलाई समेत सचेतना अभियानमा थप सक्रिय भई छोरी शिक्षा र बालविवाह रोकथामका लागि हातेमालो गर्न प्रोत्साहित गरे।

     

    मधेश प्रदेशमा सरकारी सेवामा ५० प्रतिशत महिला आरक्षण रहेको र यसले छोरीलाई प्रतिस्पर्धात्मक अवसरहरू प्रदान गरेको अवस्थालाई मुख्यमन्त्रीले उल्लेखनीय ठाने। उहाँले बालविवाहलाई सामाजिक समस्या र कानुनी अपराधको रूपमा हेर्ने प्रतिबद्धतापत्रमा पनि हस्ताक्षर गर्दै, यसका विरुद्धको सङ्घर्षलाई थप प्रगाढ बनाउने सुनिश्चितता दिएका छन्।

    ताजा सूचना

    • अमिरीलालप्रसाद गुप्ताको भ्रष्ट “विकास खेल” : ५० हजारको गेटमा अढाई लाखको लुट ?
    • विश्रामपुर गाउँपालिका वडा नं. ५ मा भ्रष्टाचार र अनियमितताको दुर्गन्ध
    • बारामा सशस्त्र प्रहरी नेपाल प्रहरी माथि गम्भीर आरोप: सर्वसाधारणलाई कडाइ, तस्कर ।लाई छुट?
    • इज्तिमा'मा विदेशी सहभागिता रोक्न विश्व हिन्दू परिषद् नेपालको माग,
    • वीरगञ्जमा ‘श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ सुरु, पहिलो दिन भव्य कलश यात्रा अभिलाष गुप्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.