१६ माघ २०८२, शुक्रबार / 30 January 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा वन विनाश तीव्र, कर्मचारी र तस्करको मिलेमतोको आरोप

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१६ मंसिर २०८१

    वीरगञ्ज। पर्सामा वन विनाश तीव्र गतिमा भइरहेको र यसका कारण जनप्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूको अनुसार, सबडिभिजन वन कार्यालय, पर्सामा कार्यरत कर्मचारीहरूको दोहोरो नीतिका कारण वन फँडानी र तस्करी मौलाएको छ।

    Ad
    Ad
    Ad

    जनप्रतिनिधिहरूका अनुसार, वन कार्यालयका केही कर्मचारीहरूले कम परिमाणको काठ पक्राउ गरी प्रचार प्रसार गर्ने तर राति ठूलो मात्रामा सालका रूखहरू कटान गरी तस्करी गराउने गरेको आरोप लागेको छ।

    Ad
    Ad
    Ad

    पर्साको राष्ट्रिय वन क्षेत्र वरपर ठूलो सङ्ख्यामा वैध र अवैध चिरान मिल तथा फर्निचर उद्योगहरू सञ्चालनमा छन्। यस्ता उद्योगहरूसँग डिभिजन वन कार्यालय र साझेदारी वन उपभोक्ता समितिबाट काठ बिक्री गरिएको प्रमाण नभए पनि पुराना बिलका आधारमा नयाँ काठको कारोबार भइरहेको छ। छापामारी हुँदा पुराना बिल देखाएर कानुनी कारबाहीबाट बच्ने प्रवृत्ति देखा परेको छ।

    Ad
    Ad
    Ad
    Ad

    वन क्षेत्र खाली गराउँदै अतिक्रमणको तयारी पनि सुनियोजित रूपमा भइरहेको छ। राष्ट्रिय वनका रूख काटेर खाली बनाइने क्षेत्रहरूमा अतिक्रमणको योजना लागू गरिएको आरोप छ। यद्यपि, प्रदेश सरकारले काठ चोरी, शिकारी र अतिक्रमण रोक्न बजेट विनियोजन गरेको भएता पनि सो रकम उद्देश्यअनुसार खर्च नहुने र नक्कली बिलमार्फत दुरुपयोग भइरहेको आरोप छ।

    पर्सागढी नगरपालिका-३ जोकर खोला हुँदै तस्करी गरिरहेको एक ट्याक्टर नियन्त्रणमा लिएको थियो। तर, वन कार्यालयका कर्मचारीहरूले आर्थिक चलखेल गरेर ट्याक्टर र चालकलाई साधारण टिप्पणीमार्फत छोड्न लागेको आरोप छ।

    स्थानीय जनप्रतिनिधिहरूले वन फँडानी र तस्करी नियन्त्रणका लागि वन कार्यालयका कर्मचारी र उद्योगहरूमा कडा निगरानी र पारदर्शिता माग गरेका छन्।

    ताजा सूचना

    • विश्रामपुर गाउँपालिकामा ‘बाउ–छोरा शासन’? सरकारी गाडी लिएर पोखरामा ठेकेदारसहित रिफ्रेस, अख्तियार मौन!
    • अराजकतामा बीरगञ्ज: ट्राफिकदेखि प्रशासनसम्म राज्य संयन्त्र निष्क्रिय
    • डिजिटल ठगी बढ्दै गएपछि सचेत रहन राष्ट्र बैंकको आग्रह
    • चुनावी मैदानमा अनिल रुम्टाको ओपनिङ इनिङ, पर्सा–१ बाट कांग्रेस उम्मेदवारी दर्ता
    • नेतृत्व परिवर्तन आवश्यक छ भन्दै जनमत पार्टीबाट ओमप्रकाश सर्राफको पर्सा–१ बाट उम्मेदवारी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.