३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा वन विनाश तीव्र, कर्मचारी र तस्करको मिलेमतोको आरोप

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today१६ मंसिर २०८१

    वीरगञ्ज। पर्सामा वन विनाश तीव्र गतिमा भइरहेको र यसका कारण जनप्रतिनिधिहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूको अनुसार, सबडिभिजन वन कार्यालय, पर्सामा कार्यरत कर्मचारीहरूको दोहोरो नीतिका कारण वन फँडानी र तस्करी मौलाएको छ।

    Ad
    Ad
    Ad

    जनप्रतिनिधिहरूका अनुसार, वन कार्यालयका केही कर्मचारीहरूले कम परिमाणको काठ पक्राउ गरी प्रचार प्रसार गर्ने तर राति ठूलो मात्रामा सालका रूखहरू कटान गरी तस्करी गराउने गरेको आरोप लागेको छ।

    Ad
    Ad
    Ad

    पर्साको राष्ट्रिय वन क्षेत्र वरपर ठूलो सङ्ख्यामा वैध र अवैध चिरान मिल तथा फर्निचर उद्योगहरू सञ्चालनमा छन्। यस्ता उद्योगहरूसँग डिभिजन वन कार्यालय र साझेदारी वन उपभोक्ता समितिबाट काठ बिक्री गरिएको प्रमाण नभए पनि पुराना बिलका आधारमा नयाँ काठको कारोबार भइरहेको छ। छापामारी हुँदा पुराना बिल देखाएर कानुनी कारबाहीबाट बच्ने प्रवृत्ति देखा परेको छ।

    Ad
    Ad
    Ad
    Ad

    वन क्षेत्र खाली गराउँदै अतिक्रमणको तयारी पनि सुनियोजित रूपमा भइरहेको छ। राष्ट्रिय वनका रूख काटेर खाली बनाइने क्षेत्रहरूमा अतिक्रमणको योजना लागू गरिएको आरोप छ। यद्यपि, प्रदेश सरकारले काठ चोरी, शिकारी र अतिक्रमण रोक्न बजेट विनियोजन गरेको भएता पनि सो रकम उद्देश्यअनुसार खर्च नहुने र नक्कली बिलमार्फत दुरुपयोग भइरहेको आरोप छ।

    पर्सागढी नगरपालिका-३ जोकर खोला हुँदै तस्करी गरिरहेको एक ट्याक्टर नियन्त्रणमा लिएको थियो। तर, वन कार्यालयका कर्मचारीहरूले आर्थिक चलखेल गरेर ट्याक्टर र चालकलाई साधारण टिप्पणीमार्फत छोड्न लागेको आरोप छ।

    स्थानीय जनप्रतिनिधिहरूले वन फँडानी र तस्करी नियन्त्रणका लागि वन कार्यालयका कर्मचारी र उद्योगहरूमा कडा निगरानी र पारदर्शिता माग गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.