२२ भदौ २०८२, आइतबार / 07 September 2025, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा धानबालीमा इयरहेड कटिङ पिलर कीराको प्रकोप

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today५ मंसिर २०८१

    वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न पालिकामा इयरहेड कटिङ पिलर नामक कीराको प्रकोपले धानबालीमा ठूलो क्षति पु¥याएपछि मधेस प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालयले अनुगमन टोली खटाएको छ। टोलीले मङ्गलवार बहुदरमाई नगरपालिका क्षेत्रमा पुगेर प्रभावित किसानहरू र धानबालीको अवस्थाबारे प्रत्यक्ष जानकारी लिएको छ।

    Ad
    Ad

    गण्डक नहरको उत्तरतर्फका ठोरी, जीराभवानी, पटेर्वासुगौली, र पर्सागढी क्षेत्रहरूमा कीराको प्रकोप नरहेको देखिए पनि दक्षिणतर्फका बझियान क्षेत्रका पालिकाहरू—जस्तै बहुदरमाई, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, विन्ध्यवासिनी, छिपहरमाई, धोबिनी, पकाहामैनपुर, र कालिकामाई गाउँपालिकामा भने कीराको असर गम्भीर रहेको कृषि ज्ञान केन्द्र, पर्साका प्रमुख कमलदेवप्रसाद कुशवाहाले बताए।

    Ad
    Ad

    फौजी कीराकै प्रजाति

    Ad

    विज्ञहरूको टोलीले इयरहेड कटिङ पिलर कीरालाई फौजी कीराकै एक प्रजाति भएको पुष्टि गरेको छ। टोलीले धानबालीमा लागेको कीरा परीक्षण गर्न प्रभावित खेतहरूमा पुगेको थियो र किसानहरूसँग प्रत्यक्ष अन्तर्क्रिया पनि गरेको थियो।

    कीराको व्यवहार र असर

    प्रमुख कुशवाहाका अनुसार, यो कीरा दिनभरि धानको बोटमुनि लुकेर बस्छ र राति सक्रिय हुन्छ। यसले धानबालीका बोट र बाला दुवैलाई व्यापक रूपमा क्षति पु¥याउँछ। धेरै किसानहरू कीराको प्रकोपका कारण समयअगावै बाली काटेर भित्र्याउन बाध्य भएका छन्।

    कीटनाशक औषधिको तयारी

    प्रकोप नियन्त्रणका लागि कीटनाशक औषधि खरिद प्रक्रिया शुरू भइसकेको छ। एक-दुई दिनभित्र किसानहरूको हातमा औषधि पुग्ने तयारी भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुशवाहाले जानकारी दिए। मन्त्रालयसँग समन्वय भइरहेको र चाँडै नै औषधि वितरण कार्य अघि बढ्ने आश्वासन पनि उनले दिएका छन्।

    थप अनुगमनको तयारी

    अनुगमन टोलीमा बाली संरक्षण प्रयोगशाला सिराहाका प्रमुख मोहन महतो, बाली संरक्षण अधिकृत उमेश थापा, र कृषि प्राविधिक लक्ष्मी अधिकारी सहभागी थिए। बिहीवार थप एकजना विज्ञ इयरहेड कटिङ पिलर कीराले पु¥याएको क्षतिको अध्ययन गर्न आउने तयारी रहेको कुशवाहाले बताए।

    यस प्रकोपले पर्सा, बारा, र रौतहट जिल्लाका किसानहरूलाई चिन्तित बनाएको छ। कीटनाशक औषधि समयमै उपलब्ध गराएर समस्याको समाधान गरिने अपेक्षा गरिएको छ।

    ताजा सूचना

    • १० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६२ वर्षीय वृद्ध पक्राउ।
    • आफ्नो फेसबुक पेज हटाएपछि मेटाविरुद्ध अमेरिकी वकिल मार्कले हाले मुद्दा
    • गृहमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
    • पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : शेरबहादुर देउवा
    • वसन्तपुर क्षेत्रमा इन्द्रजात्राको रौनक
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.