१९ बैशाख २०८३, शनिबार / 02 May 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साकाे ठोरीका किसानद्वारा तोरी छर्ने र सुर्ती रोप्ने कार्य सुरु

    • बिशाल यादब बिशाल यादब
    • today१९ कार्तिक २०८१

    वीरगंज | पर्सा जिल्लाको ठोरी गाउँपालिकाका किसानहरूले भदइ, मंसुली र चैते धान भित्र्याएपछि खाली खेतमा तोरी छर्ने र सुर्ती रोप्ने कार्य सुरु गरेका छन्। ठोरी गाउँपालिका वडा नं.–५ सुवर्णपुरका किसान हरिबहादुर चौंलागाईंका अनुसार, धानबाली भित्र्याइएपछि अहिले तोरी र सुर्तीका लागि खेत तयारी भइसकेको छ। किसानहरूले कार्तिक महिनाको पहिलो सातामै रोपाइँको तयारी गरेका भए पनि कात्तिक ५ गते परेको वर्षाका कारण रोपाइँमा ढिलाइ भएको बताइएको छ।

    Ad
    Ad
    Ad

    कतिपय किसानहरूले वर्षाका कारण केही सुर्तीबाली नष्ट भए पनि अहिले जमिनमा चिसोपन पर्याप्त भएकाले तोरी छर्न थालेका छन्। कृषि ज्ञान केन्द्र पर्साका अनुसार, जिल्लामा सबैभन्दा बढी तोरी उत्पादन ठोरी गाउँपालिकामा हुने गरेको छ। तोरी तीन महिनामा भित्र्याइने तेलहन बाली हो, जसले किसानलाई आर्थिक रुपमा लाभ पुर्‍याउँछ।

    Ad
    Ad
    Ad

    त्यस्तै, नगदेबाली अन्तर्गत पर्ने सुर्तीको रोपाइँ पनि अहिले धमाधम भइरहेको छ। जिराभवानी गापा वडा नं.–४ सुपौलीका किसान रामराज दासका अनुसार, गत वर्षको तुलनामा यस वर्ष सुर्ती खेतीको क्षेत्रफल बढाइएको छ। गत वर्ष ५२ वटा बिउ उत्पादनका ब्याडहरू थिए भने यस वर्ष ७४ वटा ब्याडमा बिउ उत्पादन भइरहेको छ।

    Ad
    Ad
    Ad
    Ad

    किसानहरूले उत्पादन गरेको सुर्ती खरिद गर्ने कम्पनी सूर्य नेपालले बार्ली जातको सुर्ती लगाउन सिफारिस गरेको छ। ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी लगायतका गाउँपालिकाका किसानहरू सुर्ती रोपाइँमा व्यस्त छन्। बार्ली र एचडी जातका सुर्ती खेती गरिने यस क्षेत्रमा बार्ली सुर्तीको मूल्य महँगो भए पनि उत्पादन कम हुन्छ भने एचडी जातको मूल्य थोरै भए पनि उत्पादन बढी हुने किसानहरूले बताएका छन्।

    पर्सामा करिब एक हजार हेक्टर जमिनमा सुर्ती खेती गरिन्छ, र नेपालमा सबैभन्दा बढी सुर्ती उत्पादन यही क्षेत्रमा हुने गर्दछ। किसानहरूले यसबाट १५ हजारदेखि २५ हजार रुपैंयासम्मको आम्दानी गर्ने गर्छन्।

    ताजा सूचना

    • अमिरीलालप्रसाद गुप्ताको भ्रष्ट “विकास खेल” : ५० हजारको गेटमा अढाई लाखको लुट ?
    • विश्रामपुर गाउँपालिका वडा नं. ५ मा भ्रष्टाचार र अनियमितताको दुर्गन्ध
    • बारामा सशस्त्र प्रहरी नेपाल प्रहरी माथि गम्भीर आरोप: सर्वसाधारणलाई कडाइ, तस्कर ।लाई छुट?
    • इज्तिमा'मा विदेशी सहभागिता रोक्न विश्व हिन्दू परिषद् नेपालको माग,
    • वीरगञ्जमा ‘श्रीराम महायज्ञ एवं भव्य श्रीराम कथा’ सुरु, पहिलो दिन भव्य कलश यात्रा अभिलाष गुप्ता
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.