९ भदौ २०८३, मंगलबार / 25 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ८८ करोड नोक्सानमा , कृषि विकास बैंकको निष्क्रिय कर्जाले सीमा नाघ्यो

    • बिराज यादव बिराज यादव
    • today१७ कार्तिक २०८०

    १७ कार्तिक // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

                 निष्क्रिय कर्जामा कृषि विकास बैंकले ५ प्रतिशतको सीमा नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल कर्जामा बैंकको निश्क्रिय कर्जा ५.३३ प्रतिशत      पुगेको छ ।

    Ad
    Ad
    Ad

                 नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई निष्क्रिय कर्जाको अधिकतम सीमा ५ प्रतिशत तोकिदिएको छ । समयमै बैंकले ऋणीबाट कर्जाको साँवा तथा ब्याज रकम उठाउन नसकेपछि निष्क्रिय कर्जा बढेको हो ।     गत  वर्षको पहिलो त्रैमासमा बैंकको निष्क्रिय कर्जा जम्मा २.३८ प्रतिशत थियो ।

    Ad
    Ad
    Ad
    Ad

           बैंकको निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम ७८ करोड ४८ लाख रुपैयाँ रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २ अर्ब १६ करोड     पुगेको छ । ठूलो रकम लोन लस प्रोभिजन गर्नुपरेपछि बैंक नोक्सानमा गएको छ ।

       चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्तसम्म) कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँ नोक्सानमा गएको छ । जबकि गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक २२ करोड नाफामा थियो । बैंकको खुद  ब्याज आम्दानी सामान्य बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ८३ करोड रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २ अर्ब ६ करोड पुगेको छ । बैंकका अन्य वित्तीय सूचक पनि खस्किएका  छन। बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ऋणात्मकमा गएको छ । गत वर्षको पहिलो त्रैमासमा प्रतिसेयर आम्दानी २ रुपैयाँ धनात्मक थियो ।

    त्यस्तै बैंकको प्रतिसेयर खुद सम्पत्ति मूल्य (नेटवर्थ) २०६ रुपैयाँ १७ पैसामा झरेको छ । बैंकको आधार दर १०.३८ प्रतिशत छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो दर ९.८३ प्रतिशत पुगेको छ । आधार दर बढ्नु भनेको ऋण लिनेका लागि बैंकको ब्याज बढ्न जानु हो । बैंकको औसत निक्षेप तथा कर्जाको ब्याजदर अन्तर (स्प्रेड दर) ३.८२ प्रतिशत छ ।

     

    ताजा सूचना

    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    • गरिमा चौधरी घटनामा गृहमन्त्रीलाई २४ घण्टे अल्टिमेटम, मधेस जागरण अभियानको चेतावनी
    • आईजीपीमाथि फेरि खनिए खगेन्द्र सुनार, भने– ‘टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन’
    • बीरगञ्जमा बाइक चोरको बिगबिगी, राधेमाईबाट बुलेट बाइक चोरी
    • हुन्डी कारोबारमा ७९ लाखभन्दा बढी रकम बरामद गर्ने प्रहरी सहायक हवल्दार शेख सदाम ‘बेस्ट पुलिस अफ द मन्थ’
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.