आमाको कविता ( खरको छानो फाल्छु आमा जागिर खाएपछि ॥ )
-
कुन्दन कुमार साह
- today४ माघ २०७९
Agnipath media - अग्निपथ मिडिया
वीरगञ्ज,४ माघ । खरको छानो फाल्छु आमा जागिर खाएपछि ॥
टिनको छानो हाल्छु आमा जागिर खाएपछि ॥
केही बर्ष सिठो पिठो मोटा चामल भएपनि,
सुखसगं पाल्छु आमा जागिर खाएपछि ॥
बर्षौ देखि अचानो त्यो सुख्खा नै छ मझेरीमा,
चिसो चुल्हो बाल्छु आमा जागिर खाएपछि ॥
भीरको छेउमा चर्किएको एउटा सानो बुकुरोलाई,
भत्किएनी टाल्छु आमा जागिर खाएपछि ॥
दुई चार बर्ष साहुको कचकच मुख लुकाई हिड्नुहोला,
दाम कमाउन थाल्छु आमा जागिर खाएपछि ॥