१९ असार २०८२, बिहिबार / 03 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १२औं घनश्याम ढकाल स्मृति दिवस सम्पन्न ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१७ असार २०८१

    अग्निपथ मिडिया

    Ad
    Ad

    साहित्यकार घनश्याम ढकाल (२०१०-२०६८) को १२औं स्मृति दिवसको कार्यक्रम शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा ढकालका सौन्दर्यशास्त्रीय पुस्तक तथा फुटकर रचनाहरुको संकलित ग्रन्थ ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तक सार्वजनिक गरियो भने स्रष्टा ढकालबारे र नयाँ प्रकाशित पुस्तकबारे परिचर्चा पनि सम्पन्न भयो।

    Ad
    Ad

    कार्यक्रममा मार्क्सवादी सौन्दर्यचिन्तक तथा वरिष्ठ समालोचक चैतन्य (मोहन वैद्य किरण)ले घनश्याम ढकालको समग्र व्यक्तित्व र ढकालले सौन्दर्यशास्त्रको क्षेत्रमा पुर्याएको योगदानबारे परिचर्चा गर्नुभएको थियो । ढकालसँग पञ्चायतकालदेखि जनयुद्ध हुँदै पछिल्लो कालसम्म आफूले निकट रुपमा सहकार्य गरेको संस्मरण सुनाउँदै समालोचक चैतन्यले ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तकलाई नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रसम्बन्धी एक प्रतिनिधि ग्रन्थका रुपमा मूल्यांकन गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहेका चैतन्यले जनयुद्धको सौन्दर्यशास्त्र निर्माणमा पनि ढकालको विशिष्ट योगदान रहेको चर्चा गर्नुभयो।

    Ad

    घनश्याम ढकालको सामाजिक तथा राजनीतिक व्यक्तित्वबारे चर्चा गर्दै राजनीतिकर्मी सावित्रा दुराले तीन दशकअघि आफूले विद्यार्थी राजनीति थाल्दै गर्दा ढकालको वैचारिक अभिभावकत्व प्राप्त गरेको स्मरण गर्नुभयो । ढकालले आफ्नो परिवारबाटै राजनीतिक–वैचारिक तथा सांस्कृतिक उत्तराधिकारीहरु निर्माण गरेको कुरा आन्दोलनले सिक्नुपर्ने पक्ष भएको पनि दुराले चर्चा गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टीको पोलिट्ब्युरो सदस्य दुराले आज जनयुद्धलाई विद्रुपीकरण गरिएको बेलामा घनश्याम ढकालजस्ता क्रान्तिका पक्षधर साहित्यकार र समालोचकहरुको अभाव झन् खड्किएको बताउनुभयो।

    ‘मार्क्सवादी सौन्दर्यशास्त्रको विवेचना र अन्य रचना’ पुस्तकमाथि परिचर्चा गर्दै समालोचक डा. धनप्रसाद सुवेदीले नेपालमा माक्र्सवादी सौन्दर्यशास्त्रको विश्लेषण गर्ने काममा र त्यसको विकासका विभिन्न प्रवृत्तिहरुबारे समालोचना गर्ने काममा घनश्याम ढकालको योगदान विशिष्ट रहेको बताउनुभयो । डा. सुवेदीले समालोचना र सौन्दर्यशास्त्र जस्तो जटिल सैद्धान्तिक विषयलाई पनि सरल, स्पष्ट र बुझिने भाषामा प्रस्तुत गर्न सक्ने क्षमता ढकालको लेखनमा पाइने एउटा मुख्य विशेषता हो भन्नुभयो । उहाँले ढकालले आफ्नो समयमा बहसमा आएका जनयुद्धको सौन्दर्यशास्त्र, प्रचण्डपथीय सौन्दर्यशास्त्र, दलित सौन्दर्यशास्त्र जस्ता विषयमा कलम चलाउनुभएको बारे पनि चर्चा गर्नुभयो।

     

    मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईंले घनश्याम ढकालको बहुआयामिक व्यक्तित्वबारे संक्षिप्त चर्चा गर्नुभयो। ढकालले कथा, निबन्ध, उपन्यास, कविता, सौन्दर्यशास्त्र, दर्शन जस्ता मुख्यतः ६ वटा विधामा कलम चलाउँदै आएको र मूलतः कथाकार व्यक्तित्वका रुपमा उहाँको परिचय विस्तारित भएको समालोचक चापागाईंले बताउनुभयो। घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनुभएका चापागाईंले ढकाल आमसाहित्यकारजस्तो कविता विधाबाट नभई निबन्ध विधाबाट लेखन थाल्नुभएका र पहिलो कृति नै निबन्ध प्रकाशित गर्नुभएको पनि चर्चा गर्नुभयो। ढकाल आबद्ध भएका, ढकालले निर्माण गरेका र नेतृत्व गरेका संगठन, संस्था र मञ्चहरुको उल्लेख गर्दै चापागाईंले भन्नुभयो, ‘उहाँ आफ्नो लेखन र सिर्जनालाई मुक्ति आन्दोलनको अभिन्न अंगका रुपमा लिनुहुन्थ्यो। उहाँ आधारभूत रुपमा राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो। अर्को अर्थमा स्वयम् निर्मित, जुझारु र संघर्षशील व्यक्तित्व हुनुहुन्थ्यो।’ समाजरुपान्तरण र सांस्कृतिक रुपान्तरणका पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका ढकालका विभिन्न विधाका रचनाहरुको संकलन प्रतिष्ठानबाट क्रमशः प्रकाशित गर्दै जाने पनि उहाँले प्रतिबद्धता गर्नुभयो।

    कार्यक्रममा सुसेला सङ्गीत समूहका कलाकारहरु अन्जानबाबु, सबिर कार्की र ठाकुर सुवेदीले ढकालरचित गीत ‘छैन विश्वास लागेको’ पनि प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव विष्णु भण्डारीले सञ्चालन गर्नुभएको थियो।

    घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानले घनश्याम ढकाल रचनावलीको पहिलो खण्डका रुपमा उहाँका सौन्दर्यशास्त्रीय रचनाहरुलाई एकाग्र संकलन प्रकाशित गरेको हो । प्रस्तुत संकलनलाई प्रतिष्ठानकै अध्यक्ष समेत रहनुभएका मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं र लेखक/सम्पादक एवम् प्रतिष्ठानका कोषाध्यक्ष वन्दना ढकालले सम्पादन गर्नुभएको हो।

    नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात कक्षमा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानको निमन्त्रणालाई स्वीकार गरेर आउनुहुने सम्पूर्ण अतिथि वक्ता, समीक्षक तथा सहभागी व्यक्ति–व्यक्तित्वहरुमा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ।

    ताजा सूचना

    • एसीसी यू-१६ इस्ट जोन कप: सेमिफाइनलमा नेपालले टस जित्दै मलेसियालाई ब्याटिङको निम्तो, फाइनल यात्रा नजिक!
    • बारामा जगदम्बा स्टिल्समा भीषण विस्फोट, उद्योग क्षेत्रमा त्रासको वातावरण
    • "कम्युनिष्टहरुको अधिनायकवादी चरित्रको पर्दाफाश नेकपा एसले गर्‍यो" — पूर्ण बस्नेत
    • ऊर्जा क्षेत्रमा सरकारी–निजी सहकार्यको नयाँ युग सुरु: ६०७ मेगावाट क्षमताका पाँच आयोजना ग्रीडमा जोडिने
    • नयाँ ग्रीड कनेक्शन सम्झौतामा ५ जलविद्युत कम्पनीहरू र राष्ट्रिय प्रसारण ग्रीड कम्पनी बीच हस्ताक्षर
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.