पठाओ दुर्घटनामा परेर दजैनौ टेलिसिरियलमा अभिनय गरेकी कलाकार संन्ध्या घाइते, टाउकोमा लगाइयो २५ टाँका
-
अग्निपथ सम्बादाता
- today२० पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
वीरगञ्ज, २० पुष l सडक दुर्घटनामा परेर कलाकार संन्ध्या खड्का घाइते भएकी छन् । उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको बताइएको छ ।
टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी दुर्घटनामा परेकी हुन् । दुघर्टनाको कारण उनको टाउकोमा २५ टाँका लगाइएको छ ।
त्यस्तै शरिरका बिभिन्न भागमा चोट लागेको छ । उनको अहिले सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
खड्का अहिले खतरा मुक्त रहेपनि केही दिन अझै अस्पताल रहने बताइएको छ ।
खड्काले नदेखिएको जात, उल्टो सुल्टो, नारी, संन्ध्या, ठिकै छ, परिवार, टुहरी, बुहारी लगायत दजैनौ टेलिसिरियल अभिनय गरेकी छन् ।
सोच, रुमालै छ चिनो लगायत केही फिल्ममा पनि अभिनय गरेकी छन् ।