२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ बाट ९ हजार भन्दा धेरै लाभान्वित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today८ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    वीरगञ्ज, ८ पुष ।  वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झण्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निशुल्क स्वास्थ्य जाँच गरेको हो । कार्यक्रममा निशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत वितरण हुँदै आएको छ । 

    Ad
    Ad
    Ad

    महानगरका ग्रामिण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । वडा नम्वर १७ देखि ३२ सम्मका वडामा यो अभियान संचालन हुने र अहिलेसम्म ९ वटा वडाका जनताले घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको पनि उनले बताए । 

    Ad
    Ad
    Ad
    Ad

    गाडीमै जडान गरिएको ल्याब, युएसजी र इसीजी मेसिनले कार्यक्रम संचालन भएको स्थानमा आवश्यक जाँच गरेर रिपोर्ट दिने गरिएको छ । यसले बजारका अस्पतालमा धाइरहनु पर्ने ग्रामिण क्षेत्रका जनतालाई राहत दिएको बताउँछन् बसडिलवाका अनिष महतो । यो कार्यक्रम अहिलेलाई मात्रै सिमित नराखी निरन्तरता दिनु पर्ने उनको आग्रह छ । 

    शिविरमा स्वास्थ्य जाँच गराएकाहरुलाई महानगरपालिकाले उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधी त्यहीँ उपलब्ध गराउँदै आएको छ ।  

    वीरगञ्जको वडा नम्वर ३० लालपर्साबाट भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको हो । अहिलेसम्म वडा नम्वर ३० लालपर्सासहित वडा नम्वर ३१ बेलवा, ३२ चोर्नी, १८ भवानीपुर, १७ अलौँ, २६ सुगौली, १९ विन्दवासिनी, २० हरपतगञ्ज र २९ बसडिलवामा यो अभियान सम्पन्न भइसकेको छ । 

    आइतबारदेखि पुनः अर्को वडामा यो अभियान संचालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । ‘अहिलेसम्म ९ वटा वडामा कार्यक्रम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘बाँकी रहेका वडामा पनि हामी क्रमैसँग कार्यक्रम गर्दै जानेछौँ ।’

    ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा जनताको घर आगनमै आएर स्वास्थ्य जाँच गर्नुका साथै निशुल्क औषधी समेत उपलब्ध गराइने भएकाले फाइदा उठाउन सबैलाई उनले आग्रह गरे । 

    अहिलेसम्म ९ वटा वडामा चलेको कार्यक्रममा ५ हजार ५ सय ६२ जना महिला र ३ हजार २ सय १७ जना पुरुषले स्वास्थ्य जाँच गराएको पनि उनले जानकारी दिए । यस्तै १ हजार ८ सय २२ जनाले ल्याव सेवा लिएका छन् भने ३ सय ५५ जनाले युएसजी र ६७ जनाले इसीजी सेवा लिएको पनि स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.