२९ पुष २०८२, मंगलबार / 13 January 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जको अस्पतालमा आरडिटी पोजिटिभ देखिएका वृद्धको मृत्यु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today७ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    वीरगञ्ज, ८ पुष । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आइतबार बिहान कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु भएको छ। आरडिटी रिपोर्ट पोजिटिभ भएका वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंह जानकारी दिए। मृतक वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी छ। उनी , वीरगन्जको आदर्शनगरका व्यापारी हुन्।

    Ad
    Ad
    Ad

    पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो।
    त्यसपछि उनलाई आइतबार नै वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
    स्वास्थ्य अस्वथा जटिल बन्दै गएपछि वृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित कोबीड अस्पतालमा लगेर भर्ना गरिएको थियो। राति ११ बजेतिर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको उनको मृत्यु भएको हो।

    Ad
    Ad
    Ad
    Ad

    मृतक वृद्धको पिसिआर रिपोर्ट आइ नसकेकाले शव अस्पतालमै आइशोलेट गरेर राखिएको डाक्टर सिंहले बताए। नारायणी अस्पतालको प्रयोगशालाले मृतक वृद्धको पीसीआर रिपोर्ट आइतबा साँझ सम्म आउने जानकारी दिएको डाक्टर सिंहले बताए। कोभिड अस्पतालमा भर्ना रहेका ५३ मध्ये ४ जना संक्रमितको अवस्था जटिल रहेको डाक्टर सिंहले जानकारी दिए।
    वीरगन्जमै गत मंगलबार यता मात्रै ३ जना संक्रमितको मृत्यु भइसकेको छ। पर्सामा कोरोनाका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए। उनका अनुसार तीमध्ये बाराका ३ र पर्साका २ जना हुन् भने वीरगन्जमा बेवारिसे भेटिएका एक संक्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन।

    ताजा सूचना

    • एकल अभियानअन्तर्गत गोडैता–३ मा शैक्षिक तथा चेतनामूलक कार्यक्रम सम्पन्न
    • विश्व हिन्दू परिषदद्वारा वीरगञ्जमा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित
    • यातायात व्यवस्था कार्यालय बारा का कार्यालय प्रमुखमाथि मोबिल प्रहार
    • मलंगवामा बजार बन्दका क्रममा पक्राउ परेका हिन्दू सम्राट सेना नेपालका नेता रिहा
    • सर्लाहीमा हिन्दु पत्रकार संघ नेपालको जिल्ला शाखा गठन मनोज यादवको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति चयन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.