२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगन्जको अस्पतालमा आरडिटी पोजिटिभ देखिएका वृद्धको मृत्यु

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today७ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

    वीरगञ्ज, ८ पुष । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालमा आइतबार बिहान कोरोनाका शंकास्पद एक बिरामीको मृत्यु भएको छ। आरडिटी रिपोर्ट पोजिटिभ भएका वीरगन्ज- १० आदर्शनगरका ६५ वर्षीय वृद्धको कोभिड अस्पतालको आइसोलेसनमा बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंह जानकारी दिए। मृतक वृद्धको पिसिआर रिपोर्ट भने आउन बाँकी छ। उनी , वीरगन्जको आदर्शनगरका व्यापारी हुन्।

    Ad
    Ad
    Ad

    पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो।
    त्यसपछि उनलाई आइतबार नै वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो। त्यहाँ उपचारका क्रममा उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
    स्वास्थ्य अस्वथा जटिल बन्दै गएपछि वृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित कोबीड अस्पतालमा लगेर भर्ना गरिएको थियो। राति ११ बजेतिर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको उनको मृत्यु भएको हो।

    Ad
    Ad
    Ad
    Ad

    मृतक वृद्धको पिसिआर रिपोर्ट आइ नसकेकाले शव अस्पतालमै आइशोलेट गरेर राखिएको डाक्टर सिंहले बताए। नारायणी अस्पतालको प्रयोगशालाले मृतक वृद्धको पीसीआर रिपोर्ट आइतबा साँझ सम्म आउने जानकारी दिएको डाक्टर सिंहले बताए। कोभिड अस्पतालमा भर्ना रहेका ५३ मध्ये ४ जना संक्रमितको अवस्था जटिल रहेको डाक्टर सिंहले जानकारी दिए।
    वीरगन्जमै गत मंगलबार यता मात्रै ३ जना संक्रमितको मृत्यु भइसकेको छ। पर्सामा कोरोनाका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जानकारी दिए। उनका अनुसार तीमध्ये बाराका ३ र पर्साका २ जना हुन् भने वीरगन्जमा बेवारिसे भेटिएका एक संक्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.