१४ जेठ २०८३, बिहिबार / 28 May 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गृहमन्त्री लेखकले गरे हैजा सङ्क्रमित बिरामीहरूसँग भेटघाट

    • बिशाल यादब बिशाल यादब
    • today१५ भदौ २०८२

    वीरगन्ज । गृहमन्त्री रमेश लेखकले पर्सा जिल्लामा फैलिएको हैजा महामारीको चपेटामा परेका बिरामीहरूसँग आज भेटघाट गरेका छन् । शनिबार वीरगन्ज पुगे लगत्तै नारायणी अस्पतालको निरीक्षण गरेका गृहमन्त्री लेखकले आज बिहान  निजी अस्पताल पुगेर बिरामीलाई भेटेका हुन । 

    Ad
    Ad
    Ad

    जिल्लाको वीरगन्ज हेल्थ केयर र तराई अस्पतालमा उपचाररत रहेका हैजा सङ्क्रमित बिरामीहरूसँग उनी भेटघाट गरेका छन् । त्यसक्रममा उनले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  भेटघाटका क्रममा गृहमन्त्री लेखकले सरकारले हैजा नियन्त्रणका लागि सबै उपायहरू अवलम्बन गरिने बताए ।

    Ad
    Ad
    Ad

    गृहमन्त्रीसँगै कानुन मन्त्री अजयकुमार चौरसिया पनि अस्पताल पुगेका थिए । पर्सामा १५९ जनामा हैजा पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।  जसमध्ये ११२ जना निको भएर घर फर्किसकेको जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए । 

    Ad
    Ad
    Ad
    Ad

    उनका अनुसार अहिले वीरगन्जका विभिन्न अस्पतालमा ४७ जना हैजा सङ्क्रमित बिरामीहरू उपचाररत रहेका छन् । 

    ताजा सूचना

    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    • ऐलानी जग्गा अतिक्रमण हटाउने सरकारी अभियान : विश्रामपुर–५ का वडा अध्यक्षकै घरमाथि उठ्यो प्रश्न
    • हिन्दू पत्रकार संघद्वारा नवनिर्वाचित अध्यक्ष आनन्द पटेल सम्मानित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.