२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्जमा हैजाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, ९३ जनामा संक्रमण पुष्टि

    • बिशाल यादब बिशाल यादब
    • today१० भदौ २०८२

    वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरलाई हैजाले नराम्रोसँग ग्रस्त बनाएको छ। सोमबार साँझसम्म हैजाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ।

    Ad
    Ad
    Ad

     

    केन्द्र, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारले रोकथाम र नियन्त्रणका लागि सक्रिय पहल गरिरहे पनि संक्रमणको दर घट्न सकेको छैन। जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगञ्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत छन् भने १७८ जना उपचारपछि घर फर्किएका छन्। अहिलेसम्म अस्पताल पुगेका झाडापखाला र हैजाका बिरामी ३४४ पुगेका छन्।

    Ad
    Ad
    Ad

     

    नारायणी अस्पतालमा आरडिटी परीक्षण गर्दा ३२ जनामा कलेरा संक्रमण पुष्टि भएको छ। त्यसैगरी तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल, वीरगञ्ज हेल्थ केयर र मङ्गलम प्याथोलोजीमा तीन–तीन जना, अर्ली अर्थो अस्पतालमा दुई जना संक्रमित भेटिएका छन्।

    Ad
    Ad
    Ad
    Ad

     

    त्यस्तै नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल र सर्वोत्तम अस्पतालमा हाल एक–एक जना संक्रमित उपचाररत छन्।

     

    अहिलेसम्मको विवरणअनुसार २७ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र १२२ जना जनरल वार्डमा उपचाररत छन्। बाँकी बिरामी सामान्य उपचारपछि घर फर्किएका छन्।

     

    स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमण रोक्नका लागि सरसफाइ, सुरक्षित खानेपानी र सचेतनामूलक अभियान तत्काल आवश्यक देखिएको छ। तर हालको तथ्यांकले वीरगञ्जमा सार्वजनिक स्वास्थ्य संकटकालजस्तै अवस्था सिर्जना गरेको संकेत देखिएको छ।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.