२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज महानगरले आफ्नै प्रयोगशालाबाट सुरु गर्‍यो खानेपानीको परीक्षण

    • बिशाल यादब बिशाल यादब
    • today१० भदौ २०८२

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पछिल्ला दिनमा तीव्र रूपमा देखापरेको झाडापखाला तथा हैजा सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्नै पहलमा पानी परीक्षणको काम सुरु गरेको छ ।

    Ad
    Ad
    Ad

    महानगरले सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने आशङ्कामा नमुना सङ्कलन र प्रयोगशालामा परीक्षण प्रक्रिया अघि बढाएको हो ।

    Ad
    Ad
    Ad

    महानगरले वडा नम्बर १०, ११ र १२ भित्रका विभिन्न पाँच स्थानका धाराबाट पानीको नमुना सङ्कलन गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

    Ad
    Ad
    Ad
    Ad

    उनका अनुसार माइक्रोबायोलोजिष्ट अजय मण्डल, वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शङ्कास्पद क्षेत्रमा पुगेर धाराको पानी सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्यलाई तीव्रता दिएका छन् ।

    सोमबारबाट महानगरले पानीको नमुना सङ्कलन गरी आफैँले परीक्षण गर्न सुरु गरेको हो ।महानगरले वडा नं. १ छपकैया स्थित खानेपानी प्रशोधन केन्द्रमै आधुनिक प्रयोगशाला स्थापना गरेको छ।

    प्रयोगशालामा हाल इ. कोली परीक्षण सहजै हुने व्यवस्था मिलाइएको छ । युनिसेफले उपलब्ध गराएको विशेष किट प्रयोग गरेर कोलिफर्म परीक्षण समेत सुरु गरिएको छ । 

     

    माइक्रोबायोलोजिष्ट मण्डलका अनुसार इ.कोली परीक्षणको प्रारम्भिक नतिजा २४ घण्टाभित्र आउँछ भने कोलिफर्म परीक्षणको विस्तृत रिपोर्ट पाउन करिब ७२ घण्टा लाग्नेछ ।

     

    मण्डलले भने, “समयमै नतिजा प्राप्त भएपछि कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्ने तत्काल थाहा हुन्छ र त्यसअनुसार आवश्यक कदम चाल्न सजिलो हुन्छ ।”

     

    सङ्क्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिँदै महानगर प्रमुख सिंहले सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता रहेको बताए ।उनका अनुसार महानगरपालिकाले आफ्नै स्तरबाट परीक्षण सुरु गर्नुको उद्देश्य बासिन्दालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु हो ।

     

    हाल महानगरले अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धाराको पानीमा प्राथमिकता दिँदै परीक्षण कार्य अघि बढाइरहेको छ ।

     

    तर, आवश्यकता अनुसार अन्य शङ्कास्पद स्थानका नमुनाहरू पनि सङ्कलन गरी परीक्षण गर्ने तयारी रहेको महानगरले जनाएको छ।

     

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.