१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ग्रिन सिटी सामुदायिकद्वारा वीरगञ्जमा स्वच्छता र हरियालीसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

    • बिशाल यादब बिशाल यादब
    • today१७ मंसिर २०८१

    वीरगञ्ज। वीरगञ्ज महानगरपालिका र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा स्वच्छता र हरियालीसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित गौतम बोर्डिङ स्कूलमा आयोजित गरिएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा विद्यार्थीहरू, अभिभावकहरू, शिक्षक-शिक्षिकाहरू, सुरक्षाकर्मीहरू, समाजसेवीहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका दौरान विद्यार्थीहरूलाई स्वच्छता र हरियालीको महत्व, र समाजमा सकारात्मक परिवर्तनका लागि बालबालिकाहरूको भूमिकाबारे जानकारी दिइएको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रमका प्रमुख अतिथि, वीरगञ्ज महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तथा शिक्षा महाशाखा प्रमुख अर्बिद लाल कर्णले बीरगञ्जलाई स्वच्छ र हराभरा बनाउने दिशामा सबैको सोचमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो। उहाँले भन्नुभयो, “हामी काठमाडौँमा जाँदा सफा सोच्ने र वीरगञ्जमा आएपछि फोहोर सोच्ने मानसिकतालाई परिवर्तन गर्नुपर्छ। यसैको माध्यमबाट हाम्रो वीरगञ्ज फोहोरमुक्त र वैभवशाली शहर बन्न सक्छ।”

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष संजय शर्मा, त्रिलोक चन्द थारू, चन्द्र अग्रवाल, प्र.ब.ह. बिनोद कुमार र प्र.स.ह. अजिता घिमिरेलगायतका व्यक्तिहरूको उपस्थिति थियो।

    कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले गर्नुभएको थियो। कार्यक्रममा गौतम स्कूलमा विभिन्न प्रजातिका बोटबिरुवा रोप्ने अभियान पनि सञ्चालन गरिएको थियो।

    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिएको यस कार्यक्रमले विद्यार्थीहरूलाई सानैदेखि स्वच्छता र हरियालीको महत्व बुझ्न प्रेरित गर्ने उद्देश्य राखेको आयोजकहरूको विश्वास छ।

    कार्यक्रमको उद्देश्य स्थानीय समुदायलाई स्वच्छता र हरियालीको महत्त्वबारे सचेत पार्नु र आगामी पीढीलाई वातावरणीय संरक्षणमा सक्रिय बनाउनु रहेको थियो। आयोजकहरूले यो कार्यक्रममार्फत विशेष गरी बालबालिकामा वातावरणीय सचेतना जगाउने प्रयास गरेका छन्, जसले भविष्यमा स्वच्छता र हरियालीको महत्त्वलाई प्राथमिकता दिने विश्वास व्यक्त गरेका छन्।

    कार्यक्रमका सहभागीहरूले वीरगञ्जलाई स्वच्छ, हराभरा र समृद्ध बनाउने अभियानमा सबैलाई आह्वान गरेका छन्। उनीहरूले वातावरणीय मुद्दामा सजगता र सहयोगको महत्त्वलाई जोड दिएका छन्, र समग्र समुदायलाई स्वच्छता र हरियालीको अभियानमा सहभागी गराउने अपेक्षाका साथ कार्यक्रमलाई सफल बनाउन सबैको सहयोगको आवश्यकता रहेको बताए।

    कार्यक्रमको समापनसँगै, सहभागीहरूले आफ्नो जीवनशैलीमा स्वच्छता र हरियालीको महत्वलाई अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन्। यस कार्यक्रमले एकताबद्ध प्रयास र शिक्षा मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनको लागि सबैलाई प्रेरित गर्ने आशा गरिएको छ।

    सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको यस प्रकारको पहलले स्थानीय स्तरमा वातावरणीय जागरूकता फैलाउने र भविष्यमा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिएको छ।

    ताजा सूचना

    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    • प्रधानमन्त्री कार्यालयले सचिवालय संरचना छोट्यायो, २० मध्ये १६ सदस्य हटाइने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.