२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सर्लाहीमा भाइरल ज्वरोको प्रकोप

    • दिलखुस देवान दिलखुस देवान
    • today४ मंसिर २०८१

    वीरगंज | सर्लाहीमा केही हप्तादेखि भाइरल ज्वरो र रुघाखोकीका बिरामीको सङ्ख्या बढ्दै गएको छ। स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप उल्लेखनीय रूपमा वृद्धि भएको छ। हरेक घरमा भाइरल ज्वरोका बिरामी भेटिने गरेका छन्।

    Ad
    Ad
    Ad

    लालबन्दी नगरपालिका–५, मेजरगन्जका चन्द्रमणि घिमिरेले बताउनुभयो, “तिहार र छठपछि हरेक घरमा ज्वरोका बिरामी देखिन्छ। यसबाहेक एकपछि अर्कोमा ज्वरोको संक्रमण फैलिँदै छ।” भाइरल ज्वरोका बिरामीहरूमा शरीर कटकट, कमजोरी, र खानाको निष्टो नलाग्ने समस्या देखिन्छ।

    Ad
    Ad
    Ad

    कुनै परिवारमा सबै सदस्य बिरामी पर्ने घटनाहरू पनि देखिन थालेका छन्। नवलपुरस्थित एक क्लिनिकमा भेटिनुभएकी हरिपुर नगरपालिका–१, हजार बिघाकी गृहिणी अम्बिका रुम्बाले घरमै बिरामी परेका एक सदस्यबाट भाइरल ज्वरो अरू सदस्यमा पनि सर्न सक्ने जोखिम रहेको बताउनुभयो।

    Ad
    Ad
    Ad
    Ad

    स्वास्थ्य संस्थाहरूमा भाइरल ज्वरोको उपचारको लागि बिहान र बेलुकाको समयमा भिड हुने गरेको छ। सदरमुकाम मलङ्गवामा सरकारी स्वास्थ्य चौकीहरूमा पनि भाइरल ज्वरोका बिरामीहरूको चाप बढ्दै गएको छ। गर्मी घट्दै चिसो बढ्दै जाँदा भाइरल ज्वरो र मौसम परिवर्तनजन्य रोगका बिरामीको सङ्ख्या बढेको चिकित्सकले जनाएका छन्।

    डाक्टर गुनेश्वर झाले बताउनुभयो, “यो समयमा भाइरल ज्वरोको प्रकोप बर्सेनि देखिन्छ। चिकित्सकको सल्लाह अनुसार केही दिन औषधी सेवन गरेपछि बिरामी ठीक हुन्छ। आत्तिनु नपर्ने कुरा हो।” उहाँले बिरामीलाई झोलिलो, शरीरलाई शक्ति प्रदान गर्ने खानेकुरा बढी खाने सुझाव पनि दिनुभएको छ। भाइरल ज्वरो सर्ने भएकाले बिरामीसँग सुरक्षित दूरी अपनाउनुपर्ने उहाँको आग्रह छ।

    यस प्रकारको भाइरल प्रकोपले बिरामीलाई शरीरमा कमजोरी ल्याउन सक्ने भएकाले समयमा नै उपचार गर्न महत्वपूर्ण हुने कुरा डाक्टरहरुले बताएका छन्।

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.