१० जेठ २०८२, शनिबार / 24 May 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेशमा मिटर ब्याजको २४ हजारभन्दा बढी उजुरी, पर्सामा एक हजार उजुरीको मेलमिलाप

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today२० असार २०८१

    वीरगञ्ज // अग्निपथ मिडिया

    Ad
    Ad

    वीरगञ्ज । मधेश प्रदेशमा मिटर ब्याज (अनुचित लेनदेन) सम्बन्धी २४ हजार ९९ उजुरी परेका छन् । पर्सा, बारा, रौतहट लगायत प्रदेशका आठ वटै जिल्लामा मिटर ब्याज सम्बन्धी उजुरी आएका हुन् । यसमध्ये पर्सामा मात्रै दुई हजार १५३ उजुरी दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा एक हजार ६५५ उजुरी दर्ता हुँदा, सोझै प्रहरी कार्यालयमा ४९८ उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । उनका अनुसार, प्राप्त उजुरीमध्ये एक हजार उजुरीको मेलमिलाप भइसकेको छ ।

    Ad
    Ad
    प्रहरी नायब उपरीक्षक भारतीले बताए अनुसार, २२२ उजुरीको जिल्ला प्रशासन कार्यालय पर्सामा मेलमिलाप भएको छ भने ७७८ उजुरीको जिल्ला प्रहरी कार्यालयमा मेलमिलाप भएको छ । पाँच वटा उजुरी मात्र मुद्दा दर्ता गरेर कानुनी प्रक्रियामा गएको छ भने एक हजार १४८ उजुरीमा मेलमिलाप हुन बाँकी रहेको छ । मिटर ब्याजकै उजुरीको आधारमा पर्सामा ६ जना पुरुष पक्राउ परेको पनि भारतीले जानकारी दिए । उनले भने, “हाम्रो जिल्लामा मुद्दा दर्ता सबैभन्दा कम भएको छ, अनि मेलमिलापको अनुपात पनि बढी छ । अब बाँकी रहेका उजुरीमा पनि मेलमिलाप गराउने गरी तीव्र गतिमा काम भइरहेको छ ।” पर्सा प्रहरी मिटर ब्याज सम्बन्धी उजुरीलाई प्राथमिकताका साथ हेरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल दाबी गर्छन् । उनका अनुसार, मिटर ब्याज (अनुचित लेनदेन) का उजुरी आउने संख्या पनि पहिलेको तुलनामा कम भएको छ ।

    पर्सा जिल्लामा मात्रै २६ करोड ३३ लाख ८३ हजार ८३० रुपैयाँ मागदावी भएकोमा १४ करोड ५१ लाख १४ हजार ३५९ बिगो रकममा मेलमिलाप भएको छ। सबै गरेर हालसम्म १६ बिघा ८ कठ्ठा ३ धुर ७ कन्वा घर जग्गा तथा अन्य जिन्सी सामान फिर्ता गरिएको प्रहरी नायब उपरीक्षक भारतीले यात्रा डेलीलाई उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। मधेश प्रदेशमा सबैभन्दा कम उजुरी रौतहटमा परेका छन्। त्यहाँ दुई हजार ७८ उजुरी दर्ता भएका छन् भने ती मध्ये ५१३ उजुरीमा मेलमिलाप भइसकेको छ। २१ वटा उजुरीको मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।

    Ad

    प्रदेशमा सबैभन्दा धेरै उजुरी सिराहामा परेका छन्। सिराहामा तीन हजार ८४२ उजुरी दर्ता भएको तथ्यांकमा उल्लेख छ। जसमध्ये ५९३ उजुरीमा मेलमिलाप भइसकेको छ भने १६ वटा मुद्दा दर्ता भएका छन्। अन्य जिल्लाहरुमा धनुषामा तीन हजार ७६०, बारामा तीन हजार ७३३, महोत्तरीमा तीन हजार ४१३ र सप्तरीमा दुई हजार ७९४ उजुरी दर्ता भएका छन् । मिटर ब्याजको समस्या मधेश प्रदेशमा व्यापक रूपमा देखिएको छ । उजुरीको संख्याले समस्या कत्तिको गम्भीर छ भन्ने कुरा देखाउँछ । हालसम्म धेरै उजुरीमा मेलमिलाप भइसकेको भए पनि बाँकी रहेका उजुरीलाई प्राथमिकताका साथ मेलमिलाप गराउनु आवश्यक छ । यस किसिमका उजुरीमा प्रहरीको भूमिका महत्वपूर्ण रहन्छ, र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनु पर्ने देखिन्छ ।

    ताजा सूचना

    • Dg
    • रौतहट को जमुनिया मा खुलेयाम दिउँसो जुवा कौडा हुदै
    • Tu
    • आइरेनाका महानिर्देशक क्यामेरा र ऊर्जामन्त्री खड्काबीच शिष्टाचार भेट* *स्वच्छ ऊर्जा साझेदारी विस्तारमा जोड*
    • वीरगन्जमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.