वीरगञ्जमा रगतको अभाव , रक्तसञ्चार केन्द्रद्वारा रगतदान गर्न आग्रह |
-
अनजित राउत कुर्मि
- today८ कार्तिक २०८०
९ कार्तिक,वीरगञ्ज पर्सा // अग्निपथ मिडिया
चाडपर्वको बेला रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ । चाडपर्व चलिरहेको बेला रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको हो ।पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाका बिरामीलाई आपत्कालीन अवस्थामा रगत आपूर्ति गर्दै आएको रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात नरहेका कारण रगत लिन केन्द्रमा धाउने आफन्त र कुरुवा रित्तो हात फर्कन बाध्य छन् ।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेका अनुसार चाडपर्वको कारण रक्तदान कार्यक्रमहरू नियमित नहुँदा रगतको अभाव भएको हो । ‘दसैँ, तिहार, छठ पर्वमा रक्तदान कार्यक्रमहरू नै हुँदैन, त्यसैले यस बेला रगतको अति अभाव हुन्छ,’ पाण्डेले भने, ‘बिरामीहरूलाई यति बेला धेरै नै गाह्रो हुन्छ । हामीले पनि समन्वय गरेर रगत दाताहरू खोजिदिन्छौ ।’
उनका अनुसार दुई हप्तादेखि नियमित रूपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन । चाडपर्वको समयमा विभिन्न सङ्घ संस्था तथा क्लबहरूले गर्ने रक्त सङ्कलन कार्यक्रम पनि नहुने हुँदा रगत अभाव भएको हो ।
भाव हुने गरेको उनको भनाई छ ।रगत दानका लागि सचेतनामूलक कार्यक्रम नहुँ र रक्तदादातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष चाडपर्वको बेलामा रगतको अ विगतका वर्षहरू जस्तै यस पटक पनि रगत अभाव भएपछि रक्तसञ्चार सेवा केन्द्रले रगत दानलाई नियमित गरिदिन आग्रह गरेको छ ।
रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रक्तसञ्चार सेवा केन्द्र वीरगञ्जले आग्रह गरेको हो ।