१२ मंसिर २०८२, शुक्रबार / 28 November 2025, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्साका ग्रामीण भेगका महिला सुरक्षित गर्भपतन सेवा लिनबाट वञ्चित

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ माघ २०७९

    २९ माघ, सेढवा-पर्सा // Agnipath media - अग्निपथ मिडिया 

    Ad
    Ad
    Ad

    पर्साका ग्रामीण भेगका महिलाहरु पूर्ण रुपमा स्वास्थ्य सेवाबाट वञ्चित रहेका छन् । ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य सेवा अन्तर्गत सुरक्षित गर्भपतन सेवा पाउनबाट वञ्चित रहेका हुन् ।

    Ad
    Ad
    Ad

     

    गर्भधारण भएको १२ हप्तासम्म गर्भपतन गर्ने कानूनी व्यवस्था रहेको भएपनि पर्साको ग्रामीण क्षेत्रमा उक्त सेवा उपलब्ध नरहेको स्थानीयले गुनासो गरेका छन् । जसका कारण सुरक्षित गर्भपतन गर्न वीरगञ्जस्थित मेरी स्टोप्समा निशुल्क सेवा लिन जानुपरेको उनीहरुको भनाई छ ।

    Ad
    Ad
    Ad
    Ad

     

    गर्भपतन सेवाको लाागि वीरगञ्जको विभिन्न निजी अस्पतालमा शुल्क तिरेर उनीहरुले सेवा लिने गरेका छन् । पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, छिपहरमाई गाउँपालिकामा दर्जनौ स्वास्थ्य संस्थाहरु रहेपनि उक्त सस्थांहरुमा सुरक्षित गर्भपतन सेवा उपलब्ध नभएको सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुखले जानकारी दिएका छन् ।

    तालिम प्राप्त स्वास्थ्यकर्मीहरुको अभावमा पालिकामा उक्त सेवा संचालन गर्न नसकिएको स्वास्थ्यकर्मीहरुको भनाई छ । करिब पाचँ बर्ष अगाडी सो सेवा संचालनमा रहेको भएतापनि पछि कर्मचारी सरुवा भएर गएसँगै सेवा बन्द भएको जिराभवानी गाउँपालिका–२ सेढवा स्वास्थ्य चौकीका ईन्चार्ज ज्ञानकिशोर प्रसादले बताउनुभयो ।

    गाँउपालिकाको दुई वटा स्वास्थ्य संस्थामा उक्त सेवा संचालनमा रहेको सखुवाप्रसौनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनियारले जानकारी दिनुभयो ।

    वडा नम्बर २ पचँगावा स्वास्थ्य चौकीमा मासिक ३ जना र वडा नम्बर ५ स्वास्थ्य चौकी महुवनमा मासिक ५ जनाले सुरक्षित गर्भपतन गराउने गरेको शाखा प्रमुख रौनियारले बताउनुभयो । पर्साका स्थानीय तहहरुमा नै सुरक्षित गर्भपतन सेवा उपल्बध नभएकाले ग्रामीण भेगका महिला सिमावर्ती भारतीय बजार इनर्वा बजार पुगेर सेवा लिन जाँदा कतिपय महिलाको मृत्यु समेत हुने गरेको छ ।

    ताजा सूचना

    • इन्टर कलेज वाद–विवाद प्रतियोगिताः ब्राइट +2 कलेजबाट इरसाद देवान र शिवानी शर्मा फाइनलका लागि चयन
    • बीरगञ्ज भन्सार क्षेत्रबाटर १५ लाख हुण्डीसहित भारतीय पक्राउ
    • २५ वर्षदेखि एउटै स्थानमा पदमा, सचिव सुरेन्द्र यादवको ‘रजगज’ कति दिनसम्म?
    • सबैठवामा तस्करी काण्ड : पैसा फिर्ता विवादपछि डिएसपी उप्रेती–तस्कर समूहबीच सहमति, बुधबारदेखि तस्करी पुनः सञ्चालन
    • वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.