२५ आश्विन २०८३, आइतबार / 11 October 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ग्याँस्ट्रिकको दबाइ भनेर चिनिने अकबरे खुर्सानीका १५ गुण

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१८ माघ २०७९

    १९  माघ, काठमाडौं   // Agnipath media  

    Ad
    Ad
    Ad

    नेपाललाई विश्वमै परिचित गराउने खानामध्ये एक हो, अकबरे खुर्सानी। यो खुर्सानी संसारमा कहीँ पनि नपाइने, कतै पाइहाले पनि नेपालको जस्तो पिरो र स्वादिलो पाइँदैन। यो खुर्सानीलाई डल्ले र ज्यानमारा भनेर पनि पनि चिनिन्छ। आवश्यकताभन्दा बढी खाएमा ज्यान समेत जाने हुनाले पहाडतिर यसलाई ज्यानमारा खुर्सानी भनिएको हो।
    साधारणतया: खुर्सानी पिरो स्वाद दिने फल हो। खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ। अरु खुर्सानीको तुलनामा अकबरे पिरो र स्वादिलो हुन्छ। डल्ले खुर्सानीलाई विदेशीले पनि निकै चाख दिएर खान्छन्। यसले खानालाई पिरो मात्र बनाउने होइन, एक किसिमको छुट्टै खालको स्वाद दिने हुँदा खानाको स्वादमा नै भिन्न मिठास ल्याइदिन्छ ।
    स्वादका साथै यो खुर्सानीले स्वास्थ्यलाई पनि व्यापक फाइदा गर्छ। नेपाली समाजमा यो खुर्सानीलाई ग्याँस्ट्रिकको दबाइ भनेर नै चिनिन्छ। वैदिशक रोजगारी र अध्ययनका लागि विदेशिएका नेपालीले सबैभन्दा मिस गर्ने चिज नै डल्ले खुर्सानी हो भनिन्छ। त्यसैले त जोकोही आफन्त नेपालबाट जाँदा उनीहरुले अकबरे मगाएका हुन्छन्।
    नेपालका प्राय: सबै भू-भागमा अकबरे खुर्सानीको खेती हुने भए तापनि पहाडी जिल्लाहरूमा राम्रो उत्पादन हुन्छ। नेपालको पूर्वी पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गर्छ। तेह्रथुमबाट २०७५ सालमा ६ करोडको डल्ले खुर्सानी निर्यात गरिएको थियो। भारतका विभिन्न स्थानमा निर्यात गरिने यो खुर्सानी बहुप्रयोजनका लागि हुनाले बजार सहज पाइन्छ। प्रतिकेजी ३०० देखि ४५० सम्ममा बिक्री हुने हुँदा किसानहरु पनि यो नगदे बालीमा आकर्षित भएका छन्।
    खुर्सानीको वैज्ञानिक नाम क्याप्सिकम फ्रुटेसेन्स हो भने यसलाई अंग्रेजीमा रेड सभिना पेपर हवानो पेपर अर्थात् भनेर चिनिन्छ।
    प्राय: भिडे खुर्सानी बाहेक सबै खुर्सानी पिरो नै हुन्छ। कुनै ज्यादा पिरो हुन्छ त कुनै कम पिरो। तर लामो खालको माछा खुर्सानी पनि खासै पिरो हुँदैन। खुर्सानी खानु केही पेटका बिमारीका लागि बेफाइदा भए तापनि यसका फाइदा धेरै छन्।
    सामान्यतया: नेपाली भन्सामा खुर्सानी व्यापक प्रयोग हुन्छ। खुर्सानीका जात पनि दर्जनौं हुन्छन्। नेपालमा अहिले डल्ले खुर्सानीको सिजन भएका कारण जहाँतहीं यही खुर्सानी देख्न सकिन्छ। यो खुर्सानी काँचो (हरियो),पाकेको, सुकेको र अचार हालेको जुन हिसाबले पनि खान सकिन्छ। यो खुर्सानी सलादमा मिसाएर खाना सकिन्छ। त्यस्तै स्पाइसी ड्रिक भनेर हार्ड ड्रिङ्कमा समेत मिसाएर खान थालिएको छ।
    अन्य खुर्सानीको तुलनामा यो खुर्सानीको अलि भिन्न स्वाद हुने हुँदा जसरी खाँदा पनि उत्तम मानिन्छ। जिब्रोलाई पिरो लागे तापनि अन्य खुर्सानीले जस्तो यो खुर्सानीले पेटमा कुनै असर गर्दैन।
    नेपालबाट अकबरे खुर्सानीको अचारजन्य परिकार बनाएर अमेरिका तथा युरोपका विभिन्न मुलुक, अस्ट्रेलिया र मलेसिया लगायतका देशहरुमा निर्यात हुँदै आएको छ। साथै यो खुर्सानी ग्याँस्ट्रिक तथा चिसो लागेका मानिसको लागि औषधिको रुपमा पनि प्रयोग हुँदै आएको पाइन्छ।
    अकबरे खुर्सानी नियमित सेवन गर्दा स्वास्थ्यलाई हुने फाइदा
    – खाना पचाउने काममा विशेष सहयोग पुर्‍याएको हुन्छ। – माइग्रेनको समस्या समाधानका लागि पनि यो खुर्सानी अति उत्तम मानिन्छ। – नियमित यो खुर्सानी सेवन गर्नाले केही हदसम्म क्यान्सर लाग्नबाट जोगिन सकिन्छ। – कोल्ड फ्लुबाट बचाउन पनि धेरै हदसम्म मद्दत पुर्‍याउँछ। – हाड जोर्नीमा हुने दुखाइ कम गराउन पनि यो खुर्सानी नियमित खान सकिन्छ। – कार्डियोभास्कुलर र हार्टको समस्या हुनबाट जोगाउनमा पनि अकबरे निकै फाइदाजनक सावित छ। – डाइबिटिज हुनबाट जोगाउन विशेष भूमिका खेलेको हुन्छ। – शरीरमा रेड ब्लड सेल बढाउन विशेष मद्दत पुर्‍याउँछ। – रगतमा चिनीको मात्रा घटाउन मद्दत पुर्‍याउँछ र सुगर रोगबाट बचाउन मद्दत गर्छ। – ग्याँस्ट्रिक तथा अल्सर रोग निदान हुन मद्दत गर्छ। – पिसाब सम्बन्धी समस्या कम गराउन सहयोग पुर्‍याउँछ। – अकबरे हालेर पकाएको खाना किटाणु रहित हुने हुँदा कुनै पनि तरकारीमा थोरै भए पनि यो खुर्सानी हाल्नु राम्रो मानिन्छ। – थकाइपन घटाएर शरीर चङ्गा बनाउन विशेष भूमिका खेलेको हुन्छ तसर्थ अल्छी लागेका बेला अकबरे खुर्सानी र नुन पिनेर कुनै पनि चिजसँग खान सकिन्छ। -यो खुर्सानीमा क्याप्सिसिन पाइन्छ जसका कारण पेट सम्बन्धी मात्र होइन, अन्य रोगीलाई समेत फाइदा पुर्‍याउँछ। एलर्जी हुनबाट जोगाउन धेरै हदसम्म मद्द गर्छ। आरबी बुढाथोकी

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    • २१ किलो ७५० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ, बरामद सामग्री सार्वजनिक
    • प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकबाट दुई जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत।
    • CODE Project Rolls Out Specialized Digital Marketing Training in Birgunj to Drive Youth Jobs
    • प्रजातान्त्रिक पार्टी नेपालको एजेन्डा: संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दुराज्य स्थापना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.