१२ भदौ २०८३, शुक्रबार / 28 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू पत्रकार संघद्वारा नवनिर्वाचित अध्यक्ष आनन्द पटेल सम्मानित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today६ जेठ २०८३

    वीरगन्ज, ६ जेठ । हिन्दू पत्रकार संघ नेपालले वीरगन्जस्थित ऐतिहासिक माईस्थान मन्दिर प्राङ्गणमा एक विशेष कार्यक्रमको आयोजना गरी क्रियाशील युवा पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष आनन्द पटेललाई सम्मान गरेको छ। हिन्दू पत्रकार संघ नेपालका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरूले नवनिर्वाचित अध्यक्ष पटेललाई खादा ओढाएर सफल कार्यकालको शुभकामना सहित सम्मान गरेका हुन्। सम्मानित पटेल हिन्दू पत्रकार संघ नेपालका कोषाध्यक्ष समेत हुन्। कार्यक्रममा बोल्दै हिन्दू पत्रकार संघका अध्यक्ष राजन रौनियारले पत्रकारिता क्षेत्रमा युवाहरूको नेतृत्व आउनु सुखद पक्ष रहेको बताए। उनले पत्रकारिता जगत्लाई अझ बढी मर्यादित, निष्पक्ष र व्यावसायिक बनाउन युवा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। अध्यक्ष रौनियारले श्रमजीवी पत्रकारहरूको हकहितको रक्षाका लागि तथा समाजका सत्यतथ्य घटनालाई बिनाकुनै दबाब उजागर गर्न नयाँ कार्यसमितिले दृढतापूर्वक काम गर्ने विश्वास व्यक्त गरे। त्यस्तै, सम्मानित व्यक्तित्व एवं क्रियाशील युवा पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष आनन्द पटेलले सम्मानका लागि कृतज्ञता ज्ञापन गर्दै युवा पत्रकारहरूको क्षमता अभिवृद्धि र पत्रकारिताको पेसागत सुरक्षाका लागि आफू सधैँ प्रतिबद्ध रहने बताए।

    Ad
    Ad
    Ad

    उनले समाज र सञ्चार जगत्को विश्वसनीयता कायम राख्न सबै पत्रकार संघ-संस्थाहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राखे। उक्त सम्मान कार्यक्रममा हिन्दू पत्रकार संघका उपाध्यक्ष विनोद पटेल, सचिव राजकुमार सर्राफ लगायत अन्य पदाधिकारी, सदस्य तथा स्थानीय सञ्चारकर्मीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • दृष्टि आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    • बिरगंज महानगर पालिका वडा नं. २ मा नवनिर्मित सामुदायिक धर्मशालाको कार्यवाहक नगर प्रमुख आलमद्वारा उद्घाटन
    • मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज भने यथावत रहने
    • वीरगञ्जको होटल हिमाल एन्ड भान्सा घरमा अनुगमन, भान्साको अवस्था दयनीय भेटिएपछि ५० हजार जरिवाना
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.