५ श्रावण २०८३, मंगलबार / 21 July 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१३ जेठ २०८३

    वीरगन्ज- किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ। मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार मेयर सिंहलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भइसकेको छ। मंगलबार मेयर सिंहसहित ४ जनाको नाममा पर्सा जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र (पुर्जी) प्राप्त हुनासाथ प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको थियो। मेयर सिंह अदालतमा हाजिर हुन जाँदा प्रहरीलाई सोको जानकारी किन नगराइएको र कसको संरक्षणमा उनी सुटुक्क अदालत छिरे भन्ने विषयमा समेत प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार मेयर सिंह अदालतमा आएको सूचना ढिलो गरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली अदालत पुगेको थियो। तर, प्रहरी टोली पुग्नुभन्दा पहिल्यै मेयर सिंह त्यहाँबाट फरार भइसकेका थिए। फरार भएका मेयर सिंहको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साले सम्भावित क्षेत्रहरूमा विशेष टोली परिचालन गरी निगरानी बढाएको छ। कानुनको नजरमा फरार रहेका स्थानीय सरकारका प्रमुख नै प्रहरीलाई छक्याउँदै हिँड्न थालेपछि वीरगन्जको प्रशासनिक र राजनीतिक वृत्तमा तरंग पैदा भएको छ।

    Ad
    Ad
    Ad

    संयोगवश, यो घटना यस्तो समयमा सार्वजनिक भएको छ, जहाँ जिल्ला प्रहरी कार्यालय पर्साले भर्खरै मात्र मधेश प्रदेशका अन्य सबै जिल्ला प्रहरी कार्यालयहरूमध्ये कार्यसम्पादनमा उत्कृष्ट स्थान हासिल गरेको छ। यसैबीच, प्रहरी प्रमुख पाठकले बहालवाला मेयरलाई पक्राउ गर्न सफल हुन्छन् कि हुँदैनन् भन्ने कुरा यतिबेला सर्वसाधारण (जनजन) को चासो र कौतुहलताको विषय बनेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • "पहिले विदेश जानेको आलोचना हुन्थ्यो, अहिले झन् धेरै जाँदा पनि सबै मौन छन्" —पुर्व प्रधानमन्त्री केपी शर्मा ओली
    • बिना टीसी विद्यार्थी भर्ना गराउने विद्यालयबारे विवरण माग्दै प्याब्सन पर्सा
    • मनसुन जोखिम न्यूनीकरणका लागि वीरगन्ज महानगरको आकस्मिक बैठक, पूर्वतयारी तीव्र
    • घण्टी पार्टीको समर्थक भन्नसमेत लाज लाग्ने अवस्था छ' : ज्ञानेन्द्र शाही
    • ३ इडियट्स' सोनम वाङ्चुकमा आधारित थिएन : आमिर खान
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.