१४ भदौ २०८२, शनिबार / 30 August 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आँखाले कुनै दृश्य वा वस्तु कसरी देख्छ ?

    • नाजिर हुसैन नाजिर हुसैन
    • today१८ माघ २०७९

    १८  माघ, काठमाडौं  // Agnipath media  

    Ad
    Ad

    आँखा हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो । आँखालाई सबैभन्दा नाजुक अंग पनि भनिन्छ । हाम्रो शरीरमा रहेका पाँच इन्द्रियमध्ये आँखा पहिलो र सबैभन्दा मूल्यवान् इन्द्रिय हो । यसबाहेक यो हाम्रो शरीरको सबैभन्दा सानो र जटिल अंग पनि हो । आँखाबाट नै हामी भाव व्यक्त गर्छौं ।

    Ad
    Ad

    आँखाले हामीलाई संसार देखाउँछ । आँखा नहुँदो हो त संसार अन्धकार सरह हुन्थ्यो । तर आँखाले संसार कसरी देखिरहेको छ ? यसको दृश्य क्षमता कति हुन्छ भन्नेबारे हामी अनविज्ञ पनि हुन सक्छौं ।

    Ad

    आँखामा विभिन्न भाग हुन्छन्, ती सबै मिलेर मात्र आँखाले देख्ने गर्छ । आई लिडले आँखामा हुने स्क्लेरा, कोरोइड, रेटिना र कर्नियालाई आँसुमार्फत मुलायम बनाइराख्छ । कुनै पनि   प्रकाश कर्नियामा प्रवेश गरेर आँखाको लेन्ससम्म पुग्छ । लेन्सले वस्तुबाट आएको प्रकाशलाई आवर्तन गर्छ र रेटिनाको बीच भागमा रहेको सानो क्षेत्र, म्याकुलामाको एक पिनपोइन्टमा जान्छ अनि वस्तु वा मानिसको आकृति बन्छ । म्याकुलाबाट देखिएको वस्तुको सेन्स दिमागले ग्रहण गर्छ । जसले हामीले कुनै पनि वस्तु आँखाले देख्न सक्छौं ।

    आँखाको विशेषता के छ भने कुनै पनि ठाउँमा जाँदा त्यहाँको वातावरण र आँखाले हेर्ने दृश्य त्यहीं बस्ने व्यक्तिको भन्दा फरक हुन्छ । किनभने आँखालाई त्यो ठाउँको पहिला बानी परेको हुँदैन । जसकारण टाढाको कुरा हेर्दा आँखाको नानीभन्दा भित्र उपनानी सानो हुन्छ । नजिक हेर्दा उपनानी ठूलो हुन्छ, तर जब आँखालाई बानी पर्छ तब हामी उस्तै देख्छौं ।

    सामान्यतया आँखाले २० फिटसम्म स्पष्ट रुपमा देख्न सक्छ । तर हेर्न भने धेरै लामो दुरीसम्म सक्छ । यद्यपि २० फिटभन्दा परको वस्तु पहिचान भन्ने गर्न सक्दैनौं । त्यस्तै आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ । जसकारण आँखाले कुनै कुरालाई झण्डै दुई मिलिसेकेन्डमै फोकस गर्न सक्छ । तर ४० वर्षभन्दा बढी उमेर भएपछि देख्ने क्षमतामा फरक आउँछ ।

    बच्चा र वयस्कको दृष्टिकोण फरक हुन्छ । बच्चाको आँखाको आकार सानो हुन्छ, जुन राम्रोसँग विकसित भइसकेको हुँदैन । उमेर बढ्दै जाँदा आँखाको आकार बढ्दै जाने र लेन्स २४ मिलिमिटरसम्म पुग्छ । वयस्कले जति टाढासम्मको दृश्य देख्न सक्छन्, बच्चाले  देख्न सक्दैनन् ।

    कुनै रंगलाई सबैले उस्तै देखिरहेको हुन्छ कि फरक ?

    सबै व्यक्तिले एकै किसिमको रंगलाई उस्तै देख्छन् भन्ने हुँदैन । संसारमा केही त्यस्ता व्यक्ति पनि हुन्छन्, जसले रंगहरुलाई देख्ने तरिका फरक हुन्छ । उनीहरु हरियो र रातो पनि छुट्याउन वा देख्न सक्दैनन् । त्यस्तो समस्यालाई कलर भिजन डिफेक्ट भनिन्छ । यो जन्मजात नै हुन्छ । यसको उपचार पनि असम्भव हुन्छ । उनीहरु सामान्य व्यक्ति जस्तै अन्य कुरा देख्छन् तर रंग मात्र फरक छुट्याउन सक्दैनन् ।

    दिमाग र आँखाको सम्बन्ध

    आँखा दिमागको बाहिरी भाग हो । दिमागले नै आँखालाई कमाण्ड गरिरहेको हुन्छ । जसकारण हामीलाई टाउको दुख्यो भने पनि आँखा पनि सँगै दुख्ने गर्छ । दिमागमा  केही कारणले पानी जमेको छ भने आँखाको अप्टिक नर्भसम्म आइपुग्छ । दिमागबाट आएर आँखाको पछाडि बसेको हुन्छ । दिमागबाट बहेर आँखा पछाडि बसेको हुन्छ । सोही नर्भको माध्यमबाट आँखाले प्रतिक्रिया दिन्छ ।

    आँखासँग सम्बन्धित धेरै लक्षणले मस्तिष्कको स्वास्थ्यको बारेमा पनि बताउँछ । एक अध्ययन अनुसार आँखाको पछाडिका साना स्नायु परीक्षण गरेपछि मानिसको मस्तिष्क कति स्वस्थ छ भन्ने थाहा हुन्छ । आँखाको नसाको आकार, संरचना र कार्य मस्तिष्कको जस्तै हुन्छ । आँखाका स्नायु पनि त्यही कोषिकाबाट विकसित हुन्छन्, जसबाट मस्तिष्कका स्नायुहरू विकास हुन्छन् ।

    आँखाको नसाबाट युवाको मात्र नभई साना बालबालिकाको मानसिक स्वास्थ्यका बारेमा पनि जानकारी लिन सकिने वैज्ञानिकहरुको दाबी छ । आँखाका यस्ता धेरै रोग छन्, जसले मानसिक स्वास्थ्यलाई संकेत गर्छ ।

    सीमित कुरा मात्र देख्ने समस्या पनि हुन्छ ?

    जलबिन्दुको समस्या हुने व्यक्तिले सीमित कुरा मात्र देख्न सक्छन् । उनीहरु अगाडिको दृश्य मात्र देख्ने र वरपरको दृश्य देख्न सक्दैनन् । जलबिन्दु भएको व्यक्तिको आँखाभित्र हुने तरल पदार्थको चाप बढ्न गई दृष्टि नसामा असर पुग्दा दृष्टि क्षमतामा ह्रास आउँछ र अप्टिक नर्भको तन्तु मर्छ । जसले दृश्यलाई सामान्य व्यक्तिले देखेको जस्तो देख्न सक्दैन ।

    यस्तो रोग उमेर पुगेका व्यक्ति वा बच्चाहरुमा पनि लाग्न सक्छ । यो रोगको लक्षण ढिला मात्र देखिन्छ । बिस्तारै दृष्टि पुनः फर्काउन नसकिने हुन्छ । यो अन्धोपनको दोस्रो प्रमुख कारण हो ।

    आँखा स्वस्थ भएको संकेत

    आँखाले रंग छुट्याउन सक्छ र २० किलोमिटरको दुरीसम्म हेरेर पहिचान गर्न सक्छ । सजिलै नजिकको स–साना वस्तुहरु पहिचान गर्न सक्छ भने उसको आँखा स्वस्थ छ भन्ने बुझिन्छ । बेलाबेलामा आँखालाई एउटा आँखालाई छोपेर ६ मिटर जति दुरीमा हेर्दा स्पष्ट देखिन्छ भने पनि स्वस्थ आँखाको संकेत भन्न सकिन्छ । यदि एउटा आँखाले हेर्दा धमिलोपन देखिएको छ भने आँखा विशेषज्ञलाई देखाउन पर्छ ।

    आँखालाई स्वस्थ राख्ने उपाय

    धुलो, धुँवाबाट बच्ने, चर्को र मधुरो प्रकाश भएको ठाउँमा नपढ्ने, सधैं सफा पानीले आँखा सफा राख्ने, आँखामा जथाभावी रूपमा औषधिको प्रयोग नगर्ने, आँखालाई हातले नमिच्ने र कारखानामा काम गर्दा चस्मा र आँखालाई सुरक्षा दिने वस्तुको प्रयोग गर्नाले आँखाको हेरचाहमा मद्दत पुग्छ ।

    कुनै पनि कुरा एकोहोरो नहेर्ने यसले आँखालाई चलायमान राख्ने ६ वटा मांसपेशीलाई थकाउँछ । त्यसैले एकोहोरो हेरिरहनु हुँदैन । केहीबेर विश्राम गर्दै हेर्न सकिन्छ । आँखा स्वस्थ राख्न खानेकुराको भूमिका पनि अहम् हुन्छ । भिटामिन ए भएको खानेकुरा खानुपर्छ । हरियो साग र पहेंलो फलफूल आँखाको लागि उचित हुन्छ ।

    त्यस्तै, स्कुल भर्ना गर्ने बेला भएका बालबालिकाको एकपटक अनिवार्य आँखा परीक्षण गराएर उसको दृश्यको क्षमता पहिचान गर्नुपर्छ । ४० वर्षभन्दा माथि उमेर समूहका महिला वा पुरुष दुवैले एकपटक आँखा परीक्षण अनिवार्य गराउनुपर्छ । यसले आँखाको क्षमता पत्ता लाग्नुका साथै केही समस्या भएमा चाँडै निदान हुन्छ ।

    आँखामा केमिकलयुक्त कस्मेटिक सामग्री लगाउनु हुँदैन, यसले एलर्जी गराउँछ । शिशुलाई आँखामा गाजल लगाइदिने गरिन्छ । त्यो पनि सकेसम्म नलगाएको बेस हुन्छ । यसले पनि आँखामा एलर्जी गराउन सक्छ ।

    ताजा सूचना

    • हैजा रोकथामका लागि बीरगंज महानगरपालिकाले तत्काल उठाउनुपर्ने १० प्रभावकारी कदम
    • बाल्यकाल : सुनौलो युग
    • प्रतिपक्षीको अवरोधले मधेस प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
    • वीरगन्जमा जापानिज इन्सेफ्लाइटिस नियन्त्रण अभियान, पशुपन्छी फार्ममा विशेष अनुगमन
    • थाइल्याण्डको अदालतले गर्‍यो प्रधानमन्त्री सिनावात्रालाई बर्खास्त
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.