३० चैत्र २०८२, सोमबार / 13 April 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बच्चाको मोटोपन घटाउन आमाबुबाको भूमिका !

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today१७ माघ २०७९

    माघ १७, वीरगञ्ज  // Agnipath media

    Ad
    Ad
    Ad

    बिबिसी– तीन वर्षसम्म आमा–बाबुसँग धेरै घुलमिल गरेका बच्चाहरूको बिएमआई अर्थात् उचाइअनुसारको मोटाइको अनुपात कम भएको पाइएको छ।

    Ad
    Ad
    Ad

    ब्रिटेनका बालबालिकासम्बन्धी स्वास्थ्यविद्ले गरेको अध्ययनमा खानेकुराबारे बेलैमा सिकाउन सकेमा बालबालिकालाई दीर्घकालीन फाइदा मिल्ने उल्लेख छ।

    Ad
    Ad
    Ad
    Ad

    उदाहरणको लागि खाने र सुत्ने बानी बालबालिकामा छिट्टै विकास हुन्छ। बच्चालाई खानेकुरा भोको हुँदामात्रै दिनुपर्छ ताकि फकाउनका लागि दिनुहुँदैन। त्यसो गर्दा उनीहरू ठूलो भएपछि आफ्नो तनाव कम गर्नका लागि पनि खानामै जोड दिन्छन्, जसले मोटोपना निम्त्याउँछ।

    केमा ध्यान दिने?
    अमेरिकन मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित एउटा अध्ययनमा नर्सहरूले पहिलो पटक बच्चा जन्माएका दुई सय ७९ आमालाई घरमै बच्चा जन्मिएको भए ६ महिनासम्म र क्लिनिकमा भए एकदेखि दुई वर्षसम्म कसरी बच्चाको खानाको आवश्यकता पूरा गर्ने भनी सुझाएका थिए।

    नर्सहरूको उक्त टोलीले आमाहरूलाई प्राथमिकता दिएको थियो किनभने शिशुको स्याहारसुसारमा सुरुका महिना र वर्षहरूमा बुबाको भन्दा आमाको बढी भूमिका हुन्छ।

    त्यसरी दिइएका सुझावहरूमा सुत्ने तालिका, भोकाएका बच्चालाई शान्त पार्न वैकल्पिक खानेकुराहरू, बालबालिका भोकाएको थाहा पाउने उपाय, उनीहरूको शारीरिक क्रियाकलापमा के कस्तो ध्यान दिनेलगायत थिए।

    ती बच्चाहरूलाई त्यसपछि तीन वर्षको उमेरमा जाँच गरिएको थियो। बच्चासँग कसरी व्यवहार गर्ने भनेर उपायहरू सिकाइएका आमाका बच्चाको उचाइ र तौलको अनुपात कम देखियो। यसोे गर्दा बालकहरू भन्दा बालिकाहरू बढी प्रभावित भएको पाइयो। अनुसन्धानकर्ताहरूले ९ वर्षको उमेरसम्म उनीहरूमाथि अनुगमन गरिराख्छन्।

    बानी बसाल्न आवश्यक
    यो अध्ययनको नेतृत्व गरेका पेन स्टेट विश्वविद्यालयका इयान पलले हुर्कंदो उमेरका बालबालिकाको मोटोपनको दर यसरी बढिरहेको बेला शिशु अवस्थामै उनीहरूलाई स्वस्थ बानी बसाल्न निकै महत्वपूर्ण हुने बताए।

    ‘सानै उमेरमा मोटोपना भएका बालबालिकामा उमेर बढ्दै जाँदा पनि मोटोपना रहिरहने खतरा बढी हुन्छ। तर मोटोपनाको यो चक्रमा रोक लगाउन आजीवन प्रयास गर्नुपर्छ,’ उनले भने, ‘बढी तौल भएका भएका बालबालिकाहरू अभिभावक भइसक्दा पनि बढी तौलकै हुन्छन् र उनीहरूबाट जन्मिएका बालबालिका पनि बढी तौलकै हुन्छन्। यो चक्रमा तपाईं कहाँ फेरबदल गर्नुहुन्छ ? हाम्रो अहिलेको अवस्थामा जीवनभरि प्रयास गर्न आवश्यक छ।’

    ब्रिटेनमा पनि तथ्याङ्कहरूले समान खालका समस्याहरू देखाउँछन्। प्राथमिक विद्यालय सुरु गर्नुअगावै त्यहाँ झन्डै एक चौथाइ बालबालिकामा मोटोपना वा बढी तौल देखिन्छ भने उनीहरू ११ वर्ष पुग्दा त त्यो संख्या झन्डै एक तिहाइ पुगिसकेको हुन्छ।

    रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थकी अध्यक्ष प्राध्यापक निना मोदीले शिशु अवस्थादेखि तीन वर्षसम्म गरिने व्यवहारले सानो तर स्थायी असर पु¥याउने बताएकी छिन्।

    ताजा सूचना

    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    • विद्यालयको पर्खाल विवादले उग्र रूप लियो : छिपहरमाईमा दुई पक्षबीच कुटाकुट, ४ जना घाइते
    • राष्ट्रिय सनसनी: जेन्जी आन्दोलनका २३ जनामाथि पक्राउ पुर्जी — सत्ता चढ्नेहरू मन्त्री, सडकमा लड्नेहरू फरार!
    • कबाडका नाममा ‘सेटिङ’ कारोबार: वीरगन्ज भन्सारमा नीतिगत भ्रष्टाचारको पर्दाफास
    • प्रधानमन्त्री बालेन्द्र शाह र कूटनीतिक जगतबीच उच्चस्तरीय संवाद
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.