१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बीरगञ्जमा रास्वपा सक्रिय: अध्यक्ष अमन आलमद्वारा कार्यकर्तालाई स्पष्ट सन्देश

    • बिराज यादव बिराज यादव
    • today२४ चैत्र २०८२

     बीरगञ्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महानगर कमिटीको आयोजनामा वडा नं. २ छपकैया र वडा नं. १६ इनर्वामा अगुवा कार्यकर्ता भेटघाट तथा चिया चर्चा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महानगर अध्यक्ष अमन आलम ले रास्वपाले सरकार गठनपछि हालसम्म गरेका उपलब्धि तथा आगामी योजनाबारे प्रस्ट पारे। उनले पार्टीभित्र अनुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै हालसम्म कसैलाई पनि कुनै पदका लागि उम्मेदवार नबनाइएको स्पष्ट पार्दै अनावश्यक प्रचारप्रसार गर्नेहरूप्रति कडा चेतावनी दिएका छन्। यस्तो गतिविधिबारे पार्टी मुख्यालयलाई जानकारी गराइसकेको पनि उनले बताए। अध्यक्ष आलमले जनताले दिएको म्यान्डेटलाई सम्मान गर्दै देश विकास, सुशासन र समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे। पार्टी सभापतिले पनि कुनै पक्षपात नगरी जनताको सेवामा समर्पित हुन सबैलाई निर्देशन दिएको उनले जानकारी दिए।

    Ad
    Ad
    Ad

    त्यसैगरी, जिल्ला अध्यक्ष माननीय हरि पन्तको सचिवालय कार्यालय चाँडै सञ्चालनमा आउने जानकारी दिँदै संगठनलाई थप सशक्त बनाउने लक्ष्य रहेको बताए। कार्यक्रममा रास्वपाका कार्यकर्तालाई कसैलाई धम्की नदिन, सरकारी कार्यालयमा आफ्नो प्रभाव नदेखाउन र सबै जनतालाई आफ्नै परिवार सरह व्यवहार गर्न निर्देशन दिइयो। साथै, सरकारी संयन्त्रलाई प्रभावकारी बनाउन सहयोग गर्ने ढंगले काम गर्न आग्रह गरिएको थियो। हाल पार्टीसँग सीमित बजेट रहेको उल्लेख गर्दै साना विकासका कामहरू स्थानीय र प्रदेश तहबाट हुने भएकाले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गरी संगठित रूपमा अघि बढ्न अध्यक्ष आलमले कार्यकर्तालाई आह्वान गरे। रास्वपाको सन्देश स्पष्ट छ — अनुशासन, सेवा र विकासमार्फत जनताको विश्वास अझ मजबुत बनाउने।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.