२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सुनसरी घटनामा संयमता अपनाउन प्याब्सन वीरगञ्ज अध्यक्ष राहुल श्रीवास्तवको अपिल

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१४ श्रावण २०८३

    वीरगञ्ज। प्याब्सन वीरगञ्जका अध्यक्ष राहुल श्रीवास्तवले सुनसरी जिल्लामा हालै भएको धार्मिक द्वन्द्वको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई अत्यन्तै चिन्ताजनक र दुर्भाग्यपूर्ण घटना भएको बताएका छन्। उनले एक विज्ञप्तिमार्फत नेपाल विविधताभित्रको एकताको उदाहरण रहेको उल्लेख गर्दै हिन्दु, मुस्लिमलगायत सबै धर्मका नागरिकबीचको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वलाई कुनै पनि हालतमा कमजोर हुन नदिन सबै पक्षलाई आग्रह गरेका छन्।

    Ad
    Ad
    Ad

    श्रीवास्तवले अफवाह वा भावनामा बहकिएर हिंसात्मक गतिविधिमा संलग्न नहुन आग्रह गर्दै सुनसरीको घटनालाई केवल स्थानीय समस्या नभई सम्पूर्ण राष्ट्रको सामाजिक सद्भावसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने बताएका छन्। घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै, घटनामा संलग्न दोषी जो–कोही भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    Ad
    Ad
    Ad

    उनले सरकार तथा सम्बन्धित निकायलाई घटनाको शीघ्र, निष्पक्ष र गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै ढिलासुस्ती वा राजनीतिकरणले समाजमा अविश्वास बढाउने चेतावनी दिएका छन्। अन्त्यमा श्रीवास्तवले सम्पूर्ण हिन्दु तथा मुस्लिम समुदायलाई संयमता अपनाई शान्ति, सद्भाव र आपसी सम्मान कायम राख्न अपिल गर्दै राष्ट्रको स्थायित्व र समृद्धिका लागि सामाजिक एकता नै सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.