१५ भदौ २०८३, सोमबार / 31 August 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • नेतृत्व, सम्मान र प्रेरणाको अनुपम संगम : सूर्योदय सेकेन्डरी स्कुलमा भव्य इन्भेस्टिच्युर सेरेमोनी सम्पन्न

    • रुस्तम देवान रुस्तम देवान
    • today१९ असार २०८३

    बीरगञ्ज, पर्सा । बीरगञ्ज महानगरपालिका–३, आदर्शनगरस्थित सूर्योदय सेकेन्डरी स्कुल प्रा.लि. ले विद्यार्थीमा नेतृत्व, अनुशासन र जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यका साथ इन्भेस्टिच्युर सेरेमोनी तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालयको विद्यार्थी परिषद् (Student Council) मा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराई आधिकारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। साथै, वार्षिक परीक्षामा नर्सरीदेखि कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा PABSON बीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तव, PABSON का सल्लाहकार तथा HISSAN का उपाध्यक्ष आलोक कुमार चौरसिया, युरो किड्सका सञ्चालक राजेश राणा, ब्युटिसियन एक्सपर्ट सम्झना गुरुङ, हिन्दू पत्रकार महासङ्घका अध्यक्ष राजन रौनियार, अग्निपथ मिडियाका सञ्चालक संजय कुशवाहा तथा अग्निपथ मिडियाका सदस्य रवि वर्णवाल र रुस्तम देवान लगायत विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। हिन्दू पत्रकार महासङ्घका अध्यक्ष राजन रौनियार ले विद्यार्थी जीवनमा निरन्तर सिकाइ नै सफलताको मूल आधार भएको उल्लेख गर्दै विद्यार्थी परिषद्को नेतृत्व स्वीकार गर्नु गौरव मात्र नभई ठूलो जिम्मेवारी पनि भएको बताए। नेतृत्वले अनुशासन, इमानदारी र सेवाभाव सिकाउने भएकाले यस अवसरको सही सदुपयोग गर्न उनले विद्यार्थीहरूलाई प्रेरित गरे।

    Ad
    Ad
    Ad

    त्यसैगरी, PABSON का सल्लाहकार तथा HISSAN का उपाध्यक्ष आलोक कुमार चौरसिया ले सम्मानित विद्यार्थीहरूलाई बधाई दिँदै कठिनाइका बीच पनि अध्ययनप्रतिको निरन्तरता र उच्च मनोबल कायम राखे जीवनका जुनसुकै लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे। उनले विद्यार्थी परिषद्का नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना पनि दिए। विद्यालयका प्रिन्सिपल शिखा यादव ले स्वागत मन्तव्यका क्रममा अतिथि तथा अभिभावकप्रति आभार व्यक्त गर्दै प्रतिस्पर्धामा हार र जित दुवै सिकाइका अवसर भएको बताइन्। "मानिसले प्रतिस्पर्धामा कि जित्छ, कि सिक्छ। जित्नेले आफूलाई प्रमाणित गर्छ भने हार्नेले आफ्ना कमजोरी सुधारेर भविष्यमा अझ सशक्त रूपमा सफलता हासिल गर्छ," भन्दै उनले विद्यार्थीहरूलाई कहिल्यै निराश नहुन प्रेरित गरिन्।

    Ad
    Ad
    Ad

    कार्यक्रमको समापन गर्दै विद्यालयका डाइरेक्टर विराज यादव ले विद्यालयप्रति अभिभावकले देखाएको अटुट विश्वास, माया र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले भने, "सूर्योदय परिवारप्रति अभिभावकको विश्वास र साथकै कारण विद्यालय दिनप्रतिदिन प्रगतिको नयाँ उचाइमा पुगिरहेको छ। यही माया, विश्वास र सहयोग आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गर्दछौं।" उनले सम्मानित विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गरी विद्यालय, परिवार र राष्ट्रको नाम उज्ज्वल बनाउन शुभकामना व्यक्त गरे। विद्यालयका अनुसार, यस्ता कार्यक्रमहरूले विद्यार्थीमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, आत्मविश्वास, अनुशासन र उत्कृष्ट कार्यप्रतिको प्रेरणा जगाउने विश्वास लिइएको छ। सम्मानित विद्यार्थीहरूको अनुकरणीय उपलब्धिले अन्य विद्यार्थीलाई पनि उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विद्यालयको अपेक्षा रहेको छ। "आजको सम्मानले भोलिको नेतृत्व निर्माण गर्छ" भन्ने मूल भावसहित सम्पन्न उक्त कार्यक्रमले विद्यार्थी, अभिभावक तथा अतिथिहरूमा उत्साह र सकारात्मक ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.