२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • राष्ट्रिय सनसनी: “विद्यालय डुब्दै, राजनीति फस्टाउँदै!” — विश्रामपुर गाउँपालिकामा शिक्षा क्षेत्र चरम संकटमा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today११ चैत्र २०८२

     विश्रामपुर, मधेश — “विद्यालय पनि मन्दिर हो कि होइन?” भन्ने प्रश्न अहिले विश्रामपुर गाउँपालिकामा चर्को रूपमा उठ्न थालेको छ। स्थानीयवासीहरूका अनुसार गाउँपालिकाको नेतृत्वले धार्मिक संरचना निर्माणमा चासो देखाए पनि शिक्षा क्षेत्र भने पूर्ण रूपमा उपेक्षित बनेको छ। गाउँपालिका अध्यक्ष जुबेर अली (जुल्फकार अली भुट्टो) माथि शिक्षा प्रणाली ध्वस्त बनाएको गम्भीर आरोप लागेको छ। शिक्षा समितिको अध्यक्ष स्वयं गाउँपालिका अध्यक्ष नै हुने संरचनामा सम्पूर्ण शैक्षिक निर्णय उनको नियन्त्रणमा रहेको भए पनि २०८१ सालको S.E.E. परीक्षामा जम्मा ४–५% मात्र विद्यार्थी उत्तीर्ण हुनु ले गम्भीर प्रश्न खडा गरेको छ।

     शिक्षा धराशायी: परिणामले देखायो वास्तविकता स्थानीय अभिभावकहरू भन्छन्—“यो केवल नतिजा होइन, यो त नेतृत्वको असफलताको प्रमाण हो।” शिक्षा अधिकृत महेश रिमाल समेत आगामी वर्षको नतिजाबारे बोल्न नसक्ने अवस्थामा देखिनुले शिक्षा प्रणाली कति कमजोर छ भन्ने प्रस्ट पार्छ।                                     परीक्षामा ठगी काण्ड: वडा अध्यक्ष नै दोषी! वडा नम्बर ३ का अध्यक्ष शिवचन्द्र प्रसाद यादव आफैं कक्षा ८ को परीक्षामा सहभागी हुनुपर्नेमा अरूलाई आफ्नो सट्टा परीक्षा दिन लगाएको घटना सार्वजनिक भएपछि गाउँपालिका थप विवादमा तानिएको छ। मिडियामा समाचार आएपछि मात्र कारबाहीको “नाटक” गरिएको आरोप छ।                                                   जवाफदेहिता शून्य: अध्यक्ष सम्पर्कविहीन यस विषयमा प्रतिक्रिया माग्दा अध्यक्ष जुबेर अलीले “मलाई थाहा छैन” भन्दै पन्छिएको र त्यसपछि फोन स्विच अफ गरेर सम्पर्कविहीन भएको आरोप छ। यसले नेतृत्वको जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ।

    विद्यालयभित्रको अवस्था: पढाइभन्दा राजनीति हावी शिक्षकहरू नियमित रूपमा कक्षा नलिने, विद्यालयमा शैक्षिक वातावरण नभएको, र “महिनावारी पकाएर बस्ने” प्रवृत्ति बढेको स्थानीयको गुनासो छ। विद्यालयहरू शिक्षाको केन्द्र नभई अव्यवस्थाको अखडा बनेको आरोप छ।  भ्रष्टाचार र मनोमानीको आरोप ठेक्कापट्टा, नियुक्ति र आर्थिक अनियमिततामा गाउँपालिका नेतृत्व केन्द्रित भएको आरोप छ। “एनि हाउ माल कमाउ” नीति अपनाइएको भन्दै स्थानीयहरू आक्रोशित छन्। चार वर्ष बितिसक्दा पनि शिक्षा, स्वास्थ्य र पूर्वाधारमा उल्लेखनीय प्रगति नदेखिएको भन्दै जनता आफू ठगिएको महसुस गरिरहेका छन्।  जनताको चेतावनी: “अब नरोके भविष्य अन्धकार” स्थानीयहरू भन्छन्—“समयमै यस्ता गतिविधिमा अंकुश नलगाइए विश्रामपुर गाउँपालिकाको भविष्य अन्धकारमा जानेछ।”  निष्कर्ष: विश्रामपुर गाउँपालिका अहिले एउटा गम्भीर मोडमा उभिएको छ—जहाँ नेतृत्वको प्राथमिकता र जनताको आवश्यकता बीच ठूलो खाडल देखिएको छ। शिक्षा जस्तो आधारभूत क्षेत्र नै धराशायी बन्दै जाँदा, यो केवल स्थानीय समस्या होइन, राष्ट्रिय चिन्ताको विषय बन्न पुगेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.