२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जानकी स्कुलमा कुटपिट: विद्यार्थी घाइते, न्यायको माग गर्दै अभिभावक—प्रिन्सिपल सुनिता यादवको पुरानो आपराधिक पृष्ठभूमि पुनः उजागर

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today८ चैत्र २०८२

      जानकी स्कुलमा भएको एक गम्भीर घटनाले शिक्षा क्षेत्र र स्थानीय समुदायमा ठूलो तरंग सिर्जना गरेको छ। कक्षा ५ मा अध्ययनरत विद्यार्थी राज यादवलाई सामान्य गल्तीका कारण स्टिलको स्केलले कुटपिट गरिएको आरोप लागेको छ। कुटपिटका कारण उनको हातमा तीन वटा टाँका लगाउनुपरेको थियो । पीडित विद्यार्थीका अभिभावक गणेश यादवले विद्यालय प्रशासनसँग गुनासो राख्दा उल्टै धम्की दिइएको र उनका पाँचै जना छोराछोरीलाई विद्यालयबाट निष्कासन गरिएको गम्भीर आरोप छ। अभिभावकका अनुसार “तपाईं जस्तो अभिभावकका बच्चा हामीलाई चाहिँदैन” भन्ने अभिव्यक्तिसहित अपमानजनक व्यवहार गरिएको र मानसिक दबाब सिर्जना गरिएको दाबी गरिएको छ।

    Ad
    Ad
    Ad

    यस घटनासँगै विद्यालयकी प्रिन्सिपल सुनिता यादव र उनका श्रीमान बिरेन्द्र यादवको अघिल्लो आपराधिक पृष्ठभूमि पनि पुनः चर्चामा आएको छ। उपलब्ध आधिकारिक प्रमाण अनुसार, विगतमा कुटपिटको एक घटनामा संलग्न भई आफ्नै आफन्तको गर्भ नष्ट भएको प्रकरणमा उनीहरूले तीन महिना जेल सजाय भोगेको तथ्य सार्वजनिक भएको बताइएको छ। अभिभावक गणेश यादवले आफ्नो पीडा व्यक्त गर्दै यस्तो वातावरणमा बालबालिका पठाउनु ज्यानकै जोखिम हुन सक्ने बताएका छन्।

    Ad
    Ad
    Ad

    उनले आफू र आफ्नो परिवारमाथि धम्की, दबाब र अन्याय भएको दाबी गर्दै अन्य अभिभावकलाई पनि सचेत रहन आग्रह गरेका छन्। स्थानीय स्तरमा उठेका गुनासो अनुसार उक्त विद्यालय बिना आवश्यक मापदण्ड, खेलमैदान र पर्याप्त भौतिक पूर्वाधार सञ्चालन भइरहेको आरोप छ। यसले सरकारी निकायको अनुगमन र नियमन प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ। शिक्षा जस्तो संवेदनशील क्षेत्र, जहाँ विद्यालयलाई “विद्याको मन्दिर” मानिन्छ, त्यस्तो संस्थामा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको संलग्नता आफैमा संस्थाप्रति र समाजप्रति अन्याय भएको भन्दै जनस्तरमा असन्तुष्टि बढ्दो छ। समाजसँग प्रत्यक्ष जोडिएको यस्तो संस्थामा बारम्बार यस्ता घटनाहरू बाहिर आउनुले अभिभावकहरूमा त्रास र आक्रोश दुवै बढाएको देखिन्छ। यसै सन्दर्भमा जनस्तरबाट घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कारबाही, तथा यस्ता गतिविधिमा संलग्न व्यक्तिबाट विद्यालयको व्यवस्थापन हटाई आवश्यक परे सरकारद्वारा अनुमति खारेज वा सञ्चालनमा बन्देज लगाउनुपर्ने माग व्यापक रूपमा उठिरहेको छ। यो प्रकरणले बालअधिकार, विद्यालय सुरक्षा र शिक्षा क्षेत्रमा जवाफदेहिताको विषयलाई गम्भीर रूपमा उठाएको छ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.