सामुदायिक प्रहरी कुम्हालटोलद्वारा “मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
-
संजय कुशवाहा
- today२१ श्रावण २०८२
वीरगंज, साउन २१बुधबार वीरगंज महानगरपालिका १६ स्थित सनलाईट कलेजमा आज एक विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी “मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार” सम्बन्धी विषयमा विस्तृत जानकारीमूलक सत्र सञ्चालन गरिएको हो।
कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। यस अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका वरिष्ठ सल्लाहकार श्याम केसी ले गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सनलाईट कलेजका प्रिन्सिपल आलोक चौरसिया, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, तारा बिष्ट, अतिथि सन्तोषमान रजितकार, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल अहिर, अभिलाष गुप्ता, रोहितमणि चादव, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सञ्जु दाहाल, लाल बाबू सिंह, सुशील वर्णवाल, सम्झना मल्ल लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले विद्यार्थीहरूलाई मानव बेचबिखनका विभिन्न रूपहरू, त्यसको कानुनी व्याख्या, बच्ने उपायहरू साथै लागुऔषधको दुष्परिणाम, त्यसको ओसार–प्रसारका माध्यमहरू तथा विद्यार्थी स्तरमै हुने संभाव्य जोखिमहरूको बारेमा गहिरो जानकारी दिनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत र सामाजिक उत्तरदायित्वप्रति सजग रहन आग्रह गर्नुका साथै कुनै पनि आपराधिक क्रियाकलाप देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले गहिरो चासोका साथ सहभागिता जनाएका थिए।
उनीहरूले सोधपुछ गरेका सवालहरू र प्रस्तुत विचारहरूले उनीहरूमा विषयप्रति उत्सुकता र चेतना बढेको स्पष्ट देखिन्थ्यो। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा बोल्ने क्षमताको समेत विकास गर्न सहयोग पुर्याएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमाझ मानव बेचबिखन तथा लागुऔषधसम्बन्धी चेतना फैलाउने, उनीहरूलाई सुरक्षाका उपायहरूबारे जानकारी दिनु तथा अपराधमुक्त समाज निर्माणमा युवा पुस्ताको भूमिका स्थापित गर्नु रहेको आयोजक पक्षले बताएको छ। l