२१ फाल्गुन २०८२, बिहिबार / 05 March 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सामुदायिक प्रहरी कुम्हालटोलद्वारा “मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार” सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२१ श्रावण २०८२

    वीरगंज, साउन २१बुधबार वीरगंज महानगरपालिका १६ स्थित सनलाईट कलेजमा आज एक विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक प्रहरी कुम्हालटोलको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी “मानव बेचबिखन तथा लागुऔषध ओसार–प्रसार” सम्बन्धी विषयमा विस्तृत जानकारीमूलक सत्र सञ्चालन गरिएको हो।

    Ad
    Ad
    Ad

    कार्यक्रम सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। यस अवसरमा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं प्रमुख अतिथिको रुपमा उपस्थित रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता कुम्हालटोल सामुदायिक प्रहरी सेवा केन्द्रका वरिष्ठ सल्लाहकार श्याम केसी ले गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सनलाईट कलेजका प्रिन्सिपल आलोक चौरसिया, समाजसेवी मार्टिन मोक्तान, नन्दलाल राउत, प्रहरी हवल्दार कुमार विक, तारा बिष्ट, अतिथि सन्तोषमान रजितकार, टोल सुधार समाज कुम्हालटोलका अध्यक्ष नन्दलाल अहिर, अभिलाष गुप्ता, रोहितमणि चादव, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सञ्जु दाहाल, लाल बाबू सिंह, सुशील वर्णवाल, सम्झना मल्ल लगायत समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रमको सञ्चालन सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रहरी निरीक्षक निरोज चौलागाईंले विद्यार्थीहरूलाई मानव बेचबिखनका विभिन्न रूपहरू, त्यसको कानुनी व्याख्या, बच्ने उपायहरू साथै लागुऔषधको दुष्परिणाम, त्यसको ओसार–प्रसारका माध्यमहरू तथा विद्यार्थी स्तरमै हुने संभाव्य जोखिमहरूको बारेमा गहिरो जानकारी दिनुभएको थियो। उहाँले विद्यार्थीहरूलाई आफ्नो व्यक्तिगत र सामाजिक उत्तरदायित्वप्रति सजग रहन आग्रह गर्नुका साथै कुनै पनि आपराधिक क्रियाकलाप देखेमा तुरुन्त प्रहरीलाई जानकारी गराउन अनुरोध गर्नुभयो। कार्यक्रममा विद्यार्थीहरूले गहिरो चासोका साथ सहभागिता जनाएका थिए।

    Ad
    Ad
    Ad
    Ad

    उनीहरूले सोधपुछ गरेका सवालहरू र प्रस्तुत विचारहरूले उनीहरूमा विषयप्रति उत्सुकता र चेतना बढेको स्पष्ट देखिन्थ्यो। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सार्वजनिक रूपमा बोल्ने क्षमताको समेत विकास गर्न सहयोग पुर्‍याएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमाझ मानव बेचबिखन तथा लागुऔषधसम्बन्धी चेतना फैलाउने, उनीहरूलाई सुरक्षाका उपायहरूबारे जानकारी दिनु तथा अपराधमुक्त समाज निर्माणमा युवा पुस्ताको भूमिका स्थापित गर्नु रहेको आयोजक पक्षले बताएको छ। l

    ताजा सूचना

    • धार्मिक सद्भाव भड्काउने योजना विफल: ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ
    • नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज चौधरी सवार गाडीबाट चार ‘ वटा बमजस्ता’ पदार्थ बरामद
    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.