२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षा अब नाफाको व्यापार होइन! सांसदको चेतावनी : निजी विद्यालयलाई गुठीमा रूपान्तरणको माग

    • अशोक यादब अशोक यादब
    • today१२ असार २०८२

    काठमाडौं, १२ असार – संघीय संसद्मा शिक्षा नाफामूलक बनाउँदै आएका निजी विद्यालयहरूलाई अब राज्यले कडाइका साथ नियन्त्रणमा लिने चेतावनी सांसदहरूले दिएका छन्। संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेको विद्यालय शिक्षा विधेयकसम्बन्धी छलफलमा सांसदहरूले अबको शिक्षा नीति “समान पहुँच, सामाजिक न्याय र सेवामूलक प्रणालीमा आधारित” हुनुपर्नेमा जोड दिएका छन्।

    Ad
    Ad
    Ad

    सांसदहरू छविलाल विश्वकर्मा, रेखा शर्मा, विद्या भट्टराई, सुमना श्रेष्ठ, देवेन्द्र पौडेल, श्यामकुमार घिमिरे, ज्ञानु बस्नेत सुवेदी र डा. चन्द्रकान्त भण्डारीलगायतले एकै स्वरमा निजी विद्यालयहरूको मनपरी, शुल्क दर, पाठ्यपुस्तक व्यवसाय र छात्रवृत्तिमा अपारदर्शिता प्रति आक्रोश व्यक्त गर्दै अब “राज्यले आँट गर्ने समय आएको” बताएका छन्। “शिक्षा व्यापार होइन, लोककल्याणकारी सेवा हो” भन्दै सांसद श्रेष्ठले निजी क्षेत्रको लुटतन्त्र अन्त्य गर्दै सबै विद्यालयलाई “शैक्षिक गुठी” मा रूपान्तरण गर्न आह्वान गरिन्। यस्तै, सांसद भट्टराईले संविधानले ग्यारेन्टी गरेको निःशुल्क र अनिवार्य शिक्षालाई कार्यान्वयन गर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताइन्। सांसद डा. भण्डारीले भने, “पैसाको प्रभाव देखाएर शिक्षा प्रणाली कब्जा गर्ने सञ्चालकहरूको अब हिसाबकिताबको समय सुरु हुनुपर्छ” भन्दै कडा नियमनको माग गरे। सांसद घिमिरे र पौडेलले भने निजी विद्यालयको अस्तित्वलाई नकार्न नसकिने भए पनि छात्रवृत्तिमा पारदर्शिता, शुल्क नियमन र सार्वजनिक विद्यालयको मजबूती आवश्यक रहेको बताए।

    Ad
    Ad
    Ad

    सांसदहरूको साझा निष्कर्ष : शिक्षा प्रणाली नाफामूलक बन्नु हुँदैन सबै नागरिकलाई समान पहुँच सुनिश्चित गर्नुपर्छ निजी विद्यालयलाई सार्वजनिक हितमा ढाल्ने ठोस नीति आवश्यक अब राज्यले आँट गरेर शिक्षा क्षेत्रमा निर्णायक परिवर्तन गर्नुपर्छ

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.