२६ कार्तिक २०८३, बुधवार / 11 November 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विद्यालयमै शिक्षिकाको कुटपिटले ६ वर्षीय बालकको आँखा फुट्यो!।

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ पुष २०८१

    ! नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका–३ स्थित एच. माध्यमिक विद्यालयमा पठनपाठन गरिरहेका ६ वर्षीय बालक प्रशान्त चौधरीको शिक्षिकाकै कुटपिटले आँखाको ज्योति गुमेको घटनाले देशभरि सनसनी मच्चाएको छ।

    Ad
    Ad
    Ad

      कक्षा युकेजीमा अध्ययनरत प्रशान्तलाई सामान्य गल्तीका कारण शिक्षिकाले कक्षाकै बीचमा अमानवीय रूपमा कुटपिट गरेपछि उनको देब्रे आँखा गम्भीर रूपमा क्षतिग्रस्त भएको पारिवारिक स्रोतले जनाएको छ। उपचारका लागि बालकलाई स्थानीय अस्पतालमा लैजाँदा चिकित्सकले आँखा पुन: ठीक हुने सम्भावना न्यून रहेको बताएका छन्। प्रशान्तका अभिभावकले उक्त घटनाप्रति रोष व्यक्त गर्दै न्यायका लागि कानूनी प्रक्रिया अघि बढाएका छन्।

    Ad
    Ad
    Ad

     "हाम्रो बच्चाको जीवनसँग खेलवाड गर्ने दोषी शिक्षिकालाई कारबाही होस्," अभिभावकको आक्रोश छ। विद्यालय प्रशासनले घटनाबारे छानबिन भइरहेको र दोषी शिक्षिकालाई निलम्बन गरिएको बताएको छ। "यो घटना विद्यालयको छवि धुमिल बनाउने कार्य हो, दोषीप्रति कुनै सम्झौता हुने छैन," विद्यालयका प्रध्यानाध्यापकले बताएका छन्।

    Ad
    Ad

      यस घटनाले देशभरि बालबालिकामाथिको हिंसाका घटनाबारे बहस चर्काएको छ। बाल अधिकारकर्मीहरूले बालबालिकाको शारीरिक तथा मानसिक सुरक्षाका लागि विद्यालय प्रशासनलाई थप उत्तरदायी बनाउन सरकारलाई दबाब दिएका छन्। सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिँदै प्रतिवेदन माग गरेको छ भने दोषीलाई कडा कारबाहीको प्रतिबद्धता व्यक्त गरेको छ।

    ताजा सूचना

    • दीपावलीको रात विश्रामपुर–५ इटियाहीमा आगलागी, एक भैंसीको मृत्यु, घरगोठ जलेर नष्ट
    • बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्म पुगे!
    • वीरगन्जमा हिन्दू स्वयंसेवक संघको ७ दिने आवासीय प्रशिक्षण वर्ग सम्पन्न, वीरगन्ज महानगरमा भव्य र्याली
    • वीरगञ्जको शिरडी साई बाबा मन्दिरको ९औँ वार्षिकोत्सव: शोभा यात्रा र महाप्रसाद ग्रहण गर्न अपिल
    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.