२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • श्रीआदर्श माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव सम्पन्न उपमेयर इम्तियाज आलमद्वारा उद्घाटन।

    • अनजित राउत कुर्मि अनजित राउत कुर्मि
    • today१० पुष २०८१

     बिरगंजस्थित श्रीआदर्श माध्यमिक विद्यालयले आफ्नो ४५औं वार्षिकोत्सव विद्यालयकै प्राङ्गणमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको उपस्थिति थियो।

    Ad
    Ad
    Ad

        मधेश विश्व विद्यालयका उपकुलपति तथा समाजसेवी डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न समारोहमा विद्यालयका निर्देशक हरिरत्न तुलाधर, प्रधानाध्यापक राम बिनोद पाण्डे, सञ्चारकर्मी अभिलाष गुप्ता, सद्दाब मलिक, देवेश मानवसेवा, र पि.जी.का. कोर्डिनेटर मौसम भङ्गर लगायतको उपस्थिति थियो।

    Ad
    Ad
    Ad

         कार्यक्रमको उद्घाटन प्रमुख अतिथि उपमेयर आलमले रिबन काटेर गरे। आफ्नो सम्बोधनमा उपमेयर आलमले विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको उत्कृष्ट योगदानको प्रशंसा गर्दै, आधुनिक प्रविधिसँग विद्यार्थीहरूको प्रगति प्रेरणादायक रहेको बताए। साथै, विद्यालयका गतिविधिहरू देखेर आफू खुशी भएको र आगामी दिनहरूमा थप प्रगतिका लागि शुभकामना व्यक्त गरे।

    Ad
    Ad
    Ad
    Ad

         उनले बालबालिकाहरूको नृत्य, संस्कार-संस्कृति संरक्षण, र उत्कृष्ट शिक्षाका प्रयासहरूको प्रशंसा गर्दै महानगरपालिकाबाट निरन्तर सहयोगको प्रतिबद्धता जनाए। समारोहको सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलापका कोर्डिनेटर राम आमोद पाण्डेले गरेका थिए।

        वार्षिकोत्सव कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले उपस्थितलाई मन्त्रमुग्ध बनाएको थियो। श्रीआदर्श माध्यमिक विद्यालयले आफ्नो ४५ वर्षे यात्रालाई स्मरण गर्दै आगामी दिनमा अझै उत्कृष्टता हासिल गर्ने संकल्प गरेको छ।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.