२९ आश्विन २०८३, बिहिबार / 15 October 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • गरिमा विकास बैंक लिमिटेडद्वारा घण्टाघर नजिकै रहेको ब्राइट +2 कलेज, विज्ञान र व्यवस्थापन, वीरगंजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न।

    • ANTIMA SARRAF ANTIMA SARRAF
    • today५ पुष २०८१

    वीरगंज, २० डिसेम्बर २०२४: गरिमा विकास बैंक लिमिटेडले घण्टाघर नजिकै रहेको ब्राइट +2 कलेज, विज्ञान र व्यवस्थापन, वीरगंजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्‍यो। यस कार्यक्रमले विद्यार्थीहरूलाई आधारभूत बैंकिङ ज्ञान, बचतको महत्त्व र डिजिटल ठगीबाट जोगिने उपायबारे जानकारी गराउने उद्देश्य राखेको थियो।

    Ad
    Ad
    Ad

     

    कार्यक्रम कलेजका निर्देशक मनोज गुप्ताको अध्यक्षतामा र गोविन्दप्रसाद गुप्ताको संयोजनमा सम्पन्न भएको थियो। बैंकको बीरगंज शाखाका प्रबन्धक श्री राजीव कुमार झाको नेतृत्वमा लक्षमण कुमार रौनियार, चन्दन साह, राजेश कुमार राउत, गुढिया गुप्ता, श्रवण कुमार साह, रुबियाना मलिक, र प्रवीणप्रसाद साह सहितको टोलीले कार्यक्रमलाई सफल बनाएका थिए।

    Ad
    Ad
    Ad

     

    कार्यक्रममा बैंक खाता खोल्ने प्रक्रिया, वित्तीय व्यवस्थापन र बचतको बानीको महत्त्वबारे जानकारी प्रदान गरियो। साथै, डिजिटल ठगीको बढ्दो खतराबारे विद्यार्थीहरूलाई चेतना दिलाउँदै अनलाइन ठगी कसरी चिन्ने र त्यस्तो ठगीबाट कसरी सुरक्षित रहने भन्ने व्यावहारिक सुझावहरू दिइयो।

    Ad
    Ad
    Ad
    Ad

     

    कार्यक्रमका अध्यक्ष मनोज गुप्ताले गरिमा विकास बैंकको यो पहलको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक वित्तीय ज्ञान प्रदान गर्न मद्दत पुर्‍याउने बताए। उनले विद्यार्थीहरूलाई बचतको बानी बसाल्न र डिजिटल ठगीबाट सतर्क रहन प्रेरित गरे।

     

    सत्रमा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै प्रश्नहरू सोधेका र छलफलमा सहभागी भएका थिए। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले सिकेको ज्ञानलाई आफ्नो जीवनमा लागू गर्ने र परिवार तथा समुदायमा बाँड्ने प्रतिबद्धता व्यक्त गरे।

     

    गरिमा विकास बैंक लिमिटेडको यो प्रयासलाई युवापुस्तामा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ। कलेज र बैंकले आगामी दिनमा पनि यस्तै कार्यक्रमहरूको आयोजना गरी वित्तीय जागरुकता फैलाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

    ताजा सूचना

    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    • प्रधानमन्त्री पत्नी सबिना काफ्लेको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था सामान्य
    • फेटा-३ का चार युवाले एकैपटक जिते असईको बाजी, सामुदायिक विद्यालयको शिक्षाले देखायो दम
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.