२५ भदौ २०८३, बिहिबार / 10 September 2026, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आमा तिम्रो मृत्यु !

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     २९ मंसिर l देख्नेहरु भन्छन,

    Ad
    Ad
    Ad

    आमा,

    तिम्रो मृत्युले

    Ad
    Ad
    Ad
    Ad

    मलाई  छोएको छैन,

    किनकि,

    उनले देख्ने गरेर

    म रोएको छैन !

     

    भन्नेहरु भन्छन्,

    आमा,

    तिम्रो मृत्युले

    मभित्र कुनै समवेदना पलाएको छैन,

    किनकि,

    म टुहुरो हुनुको अनुभव र अनुभुती,

    तिनले सुन्ने गरेर मैले बताएको छैन ।

     

    सुन्नेहरु भन्छन्,

    आमा,

    तिम्रो मृत्युले

    मलाई विचलित बनाएको छैन,

    विखण्डित बनाएको छैन,

    किनकि उनीहरुले सुन्ने गरेर म चिच्याएको छैन ।

     

    देखिएका भन्दा नदेखिएका,

    भनिएका भन्दा नभनिएका.

    सुनिएका भन्दा नसुनिएका,

    धेरै धेरै यस्ता पलहरु छन्,

    जहाँ म हाँस्दा हाँस्दै,

    आमा  तिमीलाई सम्झेर,

    धेरै धेरै रोएको छु ।

     

    म नाँच्दा नाच्दै

    आमा  तिमीलाई सम्झेर

    धेरै पटक टक्क अडिएर

    शुन्यतामा टोलाएको छु

    जहाँ तिम्रो शोकमा म

    तिम्रो अभावमा म

    भावशुन्य भएको छु ।

     

    तिमी नहुनुको अभाव

    मेरो मुटुभित्रको त्यो शुन्यता

    मैले लाएको रङीविरङी कपासमा,

    मैले खाएको गाँसमा गाँसिएको रहेछ

    त्यसैले त्यतै खोजिंदो रहेछ,

    त्यतै पो जोखिंदो रहेछ !

     

    आमा,

    तिम्रो मृत्युले मलाई पारेको प्रभाव

    म टुहुरो ब‍न्दाको विलाप

    परम्परा-प्रचलन,

    परिवर्तन  र परिमार्जन खिचातानिमा

    पत्तै नपाउने गरी,

    हराउँदो रहेछ !

     

    त्यसैले,

    सुन्नेहरु भन्छन्,
    देख्नेहरु भन्छन्,
    भन्नेहरु भन्छन्,
    आमा,
    तिम्रो मृत्युले,
    मलाई  छोएको छैन
    म भित्र कुनै समवेदना पलाएको छैन
    मलाई विचलित वनाएको छैन
    बिखण्डित बनाएको छैन ।

    किनकि,

    तिमी गएपनि आमा,

    मैले हाँस्न छोडेको छैन

    मैले नाँच्न छोडेको छैन,

    मैले खुशी भएर बाँच्न छोडेको छैन,

    किनकी आमा,

    “म गए पनि तँ खुशी भएर बाँचे है”

    तिम्रो अन्तिम आशिर्वचन,

    मन मस्तिस्कबाट मैले मेट्न सकेको छैन ।

    ताजा सूचना

    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?
    • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.