१४ भदौ २०८३, आइतबार / 30 August 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • शिक्षक आन्दोलनले सडक अबरुद्ध, यातायात व्यवसायीको चेतावनी : “अब हामी आन्दोलनमा उत्रिन्छौं!”

    • संजय कुशवाहा संजय कुशवाहा
    • today९ बैशाख २०८२

    काठमाडौं —देशभर जारी शिक्षक आन्दोलनले मुख्य सडकहरू अबरुद्ध हुँदा आम यात्रु मात्र होइन, यातायात व्यवसायीसमेत चरम संकटमा परेका छन्। लामो समयदेखि किस्ताको बोझ बोकेर संघर्ष गरिरहेका सवारी व्यवसायीहरूले अब पनि गाडी सहज रूपमा चलाउन नपाए आन्दोलनमा उत्रिने स्पष्ट चेतावनी दिएका छन्।

    Ad
    Ad
    Ad

    “शिक्षकहरूको पीडा ठिक, तर हामीले कसरी तिर्ने मासिक किस्ता? बैंक–वित्तीय संस्था त समय कुर्दैन,” भन्छन् नेपाल यातायात व्यवसायी महासंघका एक पदाधिकारी। उनका अनुसार आन्दोलनका कारण गाडी चल्न नसक्दा दैनिक आम्दानी ठप्प छ र हजारौं चालक, सहचालक र व्यवसायीको घरखर्च चल्न छाडेको छ। "अब हामी चुप बस्दैनौं।

    Ad
    Ad
    Ad

    आन्दोलनको नाममा अरूको जीवन रोक्न पाइँदैन। यदि यो अवस्था यथावत् रह्यो भने हामी पनि सडकमा उत्रिनेछौं," महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। देशका मुख्य नाका र सहरहरूमा आन्दोलनका कारण गाडी रोकिँदा स्वास्थ्य, आपतकालीन सेवासमेत प्रभावित भएको छ। व्यवसायीहरूले सरकारलाई शिक्षक आन्दोलनको समाधान तत्काल गर्न आग्रह गरेका छन्, अन्यथा यात्रु, व्यवसायी र राज्यको सम्पूर्ण यातायात प्रणाली नै ठप्प पार्ने चेतावनी दिएका छन्। सार्वजनिक चासो बढ्दै गएसँगै अब सरकार कुन दिशातर्फ मोडिन्छ भन्ने सबैको नजरमा छ।

    Ad
    Ad
    Ad
    Ad

    यसबीच, दुई आन्दोलन आमने–सामने आइपर्दा देशभर थप संकट निम्तिन सक्ने खतरा देखिएको छ।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.