१७ असार २०८२, मंगलबार / 01 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आकाशबाट १७ हजार फिट तल झरेको थियो ब्राजिलमा दुर्घटना भएको जहाज

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ श्रावण २०८१

    ब्राजिलमा दुर्घटना भएको जहाजले दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइ गुमाएको खुलेको छ। शुक्रबार दिउँसो १:२१ बजे १७ हजार फिट उचाईमा उडिरहेको विमान १० सेकेन्डमै लगभग २४० फिट तल खसेको फ्लाइटराडार २४ को उडान ट्र्याकिङ डाटाले देखाएको छ।

    Ad
    Ad

           पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको एटीआर-७२ जहाज साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा खसेको थियो। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो।

    Ad
    Ad

           त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो। सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ। उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।

    Ad

           दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ। मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्। Ncell जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।

        दुर्घटनापछि ब्राजिल सरकारले तीन दिन शोक मनाउने भएको छ। दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटिइसकेको छ। दुर्घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको एयरलाइन्स सुरक्षा अधिकारीहरूले बताएका छन्। यो पनिः गलत गेटमा लाइन लागेका कारण १० जनाले छुटाएका थिए ब्राजिलमा दुर्घटना भएको जहाज

    ताजा सूचना

    • शनिबार साँझदेखि देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने, विभागको सतर्कता आग्रह
    • एसईई नतिजा : गणितमै सबैभन्दा बढी विद्यार्थी फेल, १ लाख २८ हजार ननग्रेडेड
    • बागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी एसईईमा सफल
    • गर्भपतन मुद्दा - सुनिता यादव ७५ हजार धरौटीमा रिहा, मुद्दा मिलान वापत पूर्वमेयर लोकनारायण यादबले उपहार स्वरुप पाउने ४ कठ्ठा, सत्ताको संरक्षणमा न्यायमाथि खुला हमला!
    • ऊर्जा सहकार्यमा नयाँ युगको सुरुआत: मन्त्री खड्काले चीनसँग गरेको भेटले खोल्यो सम्भावनाको ढोका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.