२९ भदौ २०८३, सोमबार / 14 September 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • आकाशबाट १७ हजार फिट तल झरेको थियो ब्राजिलमा दुर्घटना भएको जहाज

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ श्रावण २०८१

    ब्राजिलमा दुर्घटना भएको जहाजले दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइ गुमाएको खुलेको छ। शुक्रबार दिउँसो १:२१ बजे १७ हजार फिट उचाईमा उडिरहेको विमान १० सेकेन्डमै लगभग २४० फिट तल खसेको फ्लाइटराडार २४ को उडान ट्र्याकिङ डाटाले देखाएको छ।

    Ad
    Ad
    Ad

           पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको एटीआर-७२ जहाज साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा खसेको थियो। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो।

    Ad
    Ad
    Ad

           त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो। सिएनएनले जहाज उचाई गुमाउँदै गरेको भिडिओसमेत सार्वजनिक गरेको छ। उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो। दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई मानवीय क्षति भने नभएको सिएनएनले उल्लेख गरेको छ।

    Ad
    Ad
    Ad
    Ad

           दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ। मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्। Ncell जहाजमा सेमिनारमा भाग लिनका लागि जाँदै गरेका डाक्टरहरूसमेत रहेको बताइएको छ।

        दुर्घटनापछि ब्राजिल सरकारले तीन दिन शोक मनाउने भएको छ। दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटिइसकेको छ। दुर्घटना के कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको एयरलाइन्स सुरक्षा अधिकारीहरूले बताएका छन्। यो पनिः गलत गेटमा लाइन लागेका कारण १० जनाले छुटाएका थिए ब्राजिलमा दुर्घटना भएको जहाज

    ताजा सूचना

    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    • राप्रपा पर्साको नेतृत्वमा पूर्व सांसद बिना जयसवाल कुर्मी, सर्वसम्मत चयन
    • सीमामा सशस्त्रको कडाइ: ठूलो परिमाणमा पटका बरामद गरी नष्ट
    • मधेशको गाउँदेखि विश्व प्रविधिसम्म : इन्जिनियर सिताराम गुप्ताको नेपालमै बसेर डिजिटल क्रान्तिको यात्रा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.