१९ फाल्गुन २०८२, मंगलबार / 03 March 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • भारत भ्रमण गर्ने टप १० मुलुकमध्ये ७ औं स्थानमा नेपाली

    • रामाशंकर साह रामाशंकर साह
    • today१ पुष २०८०

    १ पुस, काठमाडौं ।

    Ad
    Ad
    Ad

    भारत भ्रमणमा जाने विदेशी पर्यटकमध्ये नेपाली पर्यटक पहिलो १० औं सूचीभित्र पर्न सफल भएका छन् । भारतीय पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२ मा भारत भ्रमण गरेका पर्यटकमध्ये नेपाली नागरिक ७ औं स्थानमा देखिएका छन् ।

    Ad
    Ad
    Ad

    नेपालको पर्यटनमा भारतीय नागरिकको स्थान भने पहिलो रहेको छ । तथ्यांक अनुसार सन् २०२२ मा भारतले कुल ६१ लाख ९१ हजार ३९९ जना पर्यटकलाई सो मुलुकमा स्वागत गरेको छ । जसमध्ये जहाज चढेर भारत भ्रमणमा जाने नेपालीको संख्या १ लाख ३५ हजार ३४७ जना रहेको छ ।

    Ad
    Ad
    Ad
    Ad

    यो भारतले यस वर्ष स्वागत गरेका कुल पर्यटकमा २.१९ प्रतिशत हिस्सा हो । साथमा धेरै पर्यटक भित्रने मुलुकको हिसाबमा ७ औं स्थान हो । भारतमा नेपालीहरु घुमफिरमा जाने पिक सिजन डिसेम्बर र कम जाने महिना जनवरी रहेको समेत तथ्यांकमा उल्लेख छ । डिसेम्बर महिनामा भारतको मौसम नेपाली पर्यटकका लागि तुलनात्मक रुपमा अनुकूल रहने गर्दा घुमफिरमा धेरै नेपाली पुग्ने गर्छन् ।

    साथै अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा घुमफिरमा निस्कने नागरिक समेत धेरै यसै समयमा घुम्ने गर्छन् । सन् २०२२ मा सबैभन्दा धेरै पर्यटक भारतमा अमेरिकी पुगेको तथ्यांक छ । सो वर्ष १३ लाख ७३ हजार ८१७ जना अमेरिकी पर्यटकले भारत भ्रमण गरेका छन् । दोस्रो स्थानमा बंगलादेशी पर्यटक रहेका छन् । सो वर्ष १२ लाख ५५ हजार ९६० पर्यटकले भारत भ्रमण गरेको तथ्यांक छ ।

    ताजा सूचना

    • निजी शिक्षामा एकताको सन्देश सरोज चौधरी र राहुल श्रीवास्तवको नेतृत्वमा होली मिलनबाट उठ्यो सहकार्य र गुणस्तर सुधारको आवाज
    • बिरगंज युवा समाजको होली मिलन समारोहमा वरिष्ठ उपाध्यक्ष सानु राणाको सशक्त सन्देश
    • पर्सा–२ मा रिमा यादवविरुद्ध चर्कियो असन्तुष्टि: एजेन्डाविहीन प्रचार र शक्ति–सम्झौताबाट टिकटको आरोप
    • भ्रूण हत्या प्रकरणमा सनसनी: सुनिता यादव, पुनम यादव र अमृता यादवले जेलको सट्टा पैसाबाट सजाय मिनाहा, पिडित न्यायको लागि उच्च अदालत
    • राष्ट्रिय सुरक्षा हल्लाउने सनसनीपूर्ण खुलासा: एउटै परिवारमा द्वैध नागरिकता, अर्बौँको सम्पत्ति र सीमापार पहुँचको आशंका
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.