१६ आश्विन २०८३, शुक्रबार / 02 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ आश्विन २०८३

    ​वीरगञ्ज - हिन्दू पत्रकार सङ्घ नेपालको बैठक आज वीरगञ्जस्थित ऐतिहासिक माइस्थान मन्दिर परिसरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा बसेको बैठकले सङ्गठनलाई शुद्धीकरण गर्ने, कार्यालय स्थापना गर्ने तथा संस्थाका गतिविधिलाई थप प्रभावकारी र गतिशील बनाउने महत्त्वपूर्ण निर्णयहरू गरेको छ। ​बैठकले संस्थामा लामो समयदेखि निष्क्रिय रहेका तीन जना सदस्यहरूलाई हटाउने निर्णय गरेको छ। यसैगरी, वर्तमान कोषाध्यक्ष आनन्द पटेल क्रियाशील पत्रकार सङ्घको अध्यक्ष पदमा चयन भएकाले उनले हिन्दू पत्रकार सङ्घको कोषाध्यक्ष पदबाट स्वेच्छिक रूपमा राजीनामा दिएका छन्।

    Ad
    Ad
    Ad

    उनको स्थानमा कन्हैया पटेललाई कोषाध्यक्षको नयाँ जिम्मेवारी सुम्पिएको छ। ​उक्त बैठकमा उपाध्यक्षद्वय विनोद पटेल र बिमला गुप्ता, सचिव राजकुमार सराफ, नवनियुक्त कोषाध्यक्ष कन्हैया पटेल तथा सदस्यहरू रश्मि राजभण्डारी, अनिल ओझा, सन्तोष कुशवाहा, राजु बैठा र आनन्द पटेललगायतका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो। ​आजका निर्णयहरूले संस्थालाई सकारात्मक र गतिशील ऊर्जा प्रदान गर्नुका साथै आगामी दिनमा सङ्गठनलाई थप सुदृढ र सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • हिन्दू पत्रकार सङ्घ नेपालको बैठक वीरगञ्जमा सम्पन्न: संस्था शुद्धीकरण र कार्यालय स्थापना गर्ने निर्णय
    • वीरगन्ज महानगरपालिकाको विशेष नगरसभा कांग्रेसद्वारा बहिष्कार: उपमेयरसहितका जनप्रतिनिधि अनुपस्थित
    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.