३ आश्विन २०८३, शनिबार / 19 September 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन

    • संजय कुशवाहा संजय कुशवाहा
    • today३ आश्विन २०८३

    वीरगञ्ज । ११औँ संविधान दिवसको अवसरमा वीरगञ्ज स्कुल अफ लको आयोजनामा वीरगञ्जस्थित घण्टाघरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। कलेजका निर्देशक अधिवक्ता चन्द्रिका पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ का सांसद बुद्धि प्रसाद (हरी पन्त) प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा कलेजका प्राध्यापक डा. हरेराम ठाकुर, घण्टाघरस्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई चौधरीसहित विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूको सहभागिता थियो।

    Ad
    Ad
    Ad

    कार्यक्रममा संविधानको कार्यान्वयन, नागरिकका मौलिक अधिकार, राज्यका दायित्व तथा कानुनी शासनका विषयमा वक्ताहरूले धारणा राखेका थिए। विद्यार्थीहरूले संविधानलाई समयानुकूल संशोधन गर्दै नागरिक अधिकारको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। एक विद्यार्थीले जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने मागसमेत गरे। प्रमुख अतिथि सांसद पन्तले संविधानको पालना गर्नु सबैको अधिकार र दायित्व भएको बताउँदै आफ्नो पार्टीका तर्फबाट संविधानको पालना गर्ने र गराउने प्रतिबद्धता व्यक्त गरे। दीप प्रज्वलनसँगै सहभागीहरूले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको संरक्षण, कानुनी शासनको सुदृढीकरण र संविधानको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • वीरगञ्ज स्कुल अफ लद्वारा ११औँ संविधान दिवसमा दीप प्रज्वलन
    • वीरगञ्जमा सनातन हिन्दू मोर्चाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
    • कार्यवाहक मेयरलाई सघाएको झोकमा नगर प्रहरी प्रमुखमाथि कारबाहीको तयारी, ‘काममा नआउनू’ निर्देशन? अन्य कर्मचारीको सुविधा खोस्ने तयारी
    • वार्षिक समीक्षा गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी
    • तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश" नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.