२९ श्रावण २०८३, शुक्रबार / 14 August 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२९ श्रावण २०८३

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित आर.पी. फार्मास्युटिकल्स प्रा.लि. मा अवैध रूपमा औषधि उत्पादन, लेबलिङ तथा प्याकेजिङ भइरहेको आरोपमा प्रहरीले छापा मारेर उद्योग सञ्चालकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जको संयुक्त टोलीले उद्योगमा चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा बिना इजाजत औषधिजन्य सामग्री उत्पादन तथा बिक्री–वितरणका लागि प्याकेजिङ र लेबलिङ भइरहेको फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२२ निवासी ३४ वर्षीय राहुल कुमार चौहानलाई विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामग्री थप अनुसन्धानका लागि औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार उद्योगबाट Rectified Spirit, Hand Sanitizer, Clove Oil लगायतका सामग्री, लेबलिङ गर्ने मेसिन र लेबल छाप्ने मेसिनसमेत बरामद गरिएको छ। बरामद सामग्री प्रहरीको प्रेस विज्ञप्तिअनुसार उद्योगबाट १०० मिलिलिटरका Rectified Spirit ४० बोतल, ४०० मिलिलिटरका Rectified Spirit ३,०९० बोतल, Safer Plan Hand Rub Sanitizer १,८०० बोतल, Clove Oil IP ५ मिलिलिटरका २६ हजार भायल, GV Paint १० मिलिलिटरका २५ भायल र ५ लिटरका Rectified Spirit २८ जार बरामद भएको छ। त्यस्तै, Vial Sealing Machine १ थान, Printing Machine १ थान र Hand Rub Sanitizer ११२ पिस समेत बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उद्योगमा बरामद भएका सामग्री र पक्राउ परेका सञ्चालकलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • अवैध रूपमा औषधि उत्पादन तथा प्याकेजिङ गर्ने आर.पी. फार्मास्युटिकल्समा प्रहरीको छापा, सञ्चालक पक्राउ
    • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
    • प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ — एसपी पवनकुमार भट्टराई
    • कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा
    • सडक विस्तारसँगै वीरगञ्ज महानगरमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने काम तीव्र
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.