२६ श्रावण २०८३, मंगलबार / 11 August 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२६ श्रावण २०८३

    ​काठमाडौँ — सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षण लगायतका माग राख्दै आमरण अनशनमा बस्नुभएका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गर्नुभएको छ। सरकारसँग चारबुँदे लिखित सहमति भएपछि अनशन तत्कालका लागि स्थगित गरिएको हो। ​अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा १३ दिनदेखि निरन्तर आमरण अनशनमा हुनुहुन्थ्यो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका विरुद्ध न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उहाँले ६ बुँदे माग अघि सार्नुभएको थियो। ​राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पुर्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

    Ad
    Ad
    Ad

    "अध्यक्ष श्री यादवज्यूले राख्नुभएका मागहरूका सन्दर्भमा सरकारले विभिन्न चारबुँदे लिखित सहमति गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थितिमा तत्कालका लागि आमरण अनशन स्थगित गरिएको छ।" ​दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप यथाशीघ्र कार्य हुनेमा विश्वास व्यक्त गरेको छ। साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता दलले जनाएको छ। अध्यक्ष यादवले कुमारी कन्याको हाथबाट जूस खाई अनसन स्थगित गरेका थिए।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित
    • प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ — एसपी पवनकुमार भट्टराई
    • कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई रु. १ लाख र घाइतेलाई रु. ११ हजार राहत दिने विश्व हिन्दू परिषद्को घोषणा
    • सडक विस्तारसँगै वीरगञ्ज महानगरमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने काम तीव्र
    • सांसद खुसीबु ओलीले सदनमा उठाइन् आमरण अनशनको विषय, सरकारलाई आन्दोलनरत पक्षसँग संवाद गर्न आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.