२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • पर्सामा हिन्दूवादी सङ्गठनहरूद्वारा आन्दोलनका सबै कार्यक्रम फिर्ता

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१६ श्रावण २०८३

    सिरहाको गोलबजार घटनाका पीडित परिवार र सरकारबिच ८ बुँदे सहमति भई मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेपछि पर्सा र वीरगन्ज क्षेत्रमा विगत केही दिनदेखि आन्दोलनरत हिन्दू समाज र हिन्दूवादी सङ्घ-संस्थाहरूले आफ्ना सबै विरोधका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेका छन्। आन्दोलनरत हिन्दूवादी सङ्घ-संस्थाहरूले गोप्यखबर लाई दिएको जानकारीअनुसार पीडित परिवारले न्याय पाएकोले आजैका मितिदेखि लागू हुने गरी पर्सामा सञ्चालित विरोधका सम्पूर्ण कार्यक्रमहरू पूर्ण रूपमा बन्द गरिएको हो। आन्दोलनका कार्यक्रमहरू फिर्ता भएसँगै वीरगन्ज तथा आसपासका क्षेत्रको जनजीवन, बजार, उद्योगधन्दा र यातायात आवगमन पुनः साविककै अवस्थामा फर्किएर पूर्ण रूपमा सामान्य बनेको छ। सरकार र पीडित पक्षबिच ८ बुँदे सहमति सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय बालक गणेश यादवको मृत्यु भएको थियो। घटनापछि आक्रान्त बनेको वातावरण र पीडित पक्षका मागलाई सम्बोधन गर्दै सरकार र मृतकका परिवारबिच ८ बुँदे सहमति जुटेको छ। सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई रु. १० लाख आर्थिक सहायता उपलब्ध गराउने र घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। त्यसैगरी, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी, स्वर्गीय यादवको स्मृतिमा ‘स्मृति पार्क’ निर्माण, मृतककी बहिनीलाई निःशुल्क शिक्षा र बुबा-आमाको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाउने सहमति भएको छ। धरानबाट शव बुझेर अन्त्येष्टि गरिँदै यसअघि माग पूरा नभएसम्म परिवारले शव नबुझ्ने अडान राख्दै आएका थिए।

    Ad
    Ad
    Ad

    सरकारसँग ठोस सहमति बनेपछि पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको शव परिवारले बुझेर आजै अन्त्येष्टिको तयारी अघि बढाएको गृहमन्त्री सुदन गुरुङले जानकारी दिएका छन्। पीडित पक्षले न्याय पाएको र सरकारसँग सकारात्मक सहमति बनेपछि धार्मिक तथा सामाजिक सद्भाव कायम राख्नका लागि पर्सामा जारी सम्पूर्ण आन्दोलन फिर्ता लिइएको हिन्दूवादी सङ्घ-संस्थाका प्रतिनिधिहरूले स्पष्ट पारेका छन्।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.