२६ आश्विन २०८३, सोमबार / 12 October 2026, Monday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास

    • संजय कुशवाहा संजय कुशवाहा
    • today१ श्रावण २०८३

    ​वीरगन्ज, ३१ असार । वीरगन्ज महानगरपालिकाका निलम्बित नगरप्रमुख राजेशमान सिंहका आफन्तको अवरोधका कारण वीरगन्जको आधा सहर तीन दिनसम्म अन्धकार बनेको रहस्य खुलेको छ। गत बुधबार दिउँसो करिब १:३० बजेदेखि महानगरका विभिन्न वडामा अचानक विद्युत आपूर्ति बन्द हुनुको मुख्य कारण निलम्बित मेयर सिंहका साढुभाइको बलमिचाइ र अबरोध रहेको खुलासा भएको हो। ​पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्त, पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाल र नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख विजय महतोबीच जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा यो सनसनीपूर्ण तथ्य बाहिर आएको हो। ​के थियो विवाद ? ​जिल्ला प्रशासन कार्यालय पर्साको उच्च स्रोतका अनुसार, वीरगन्जका विभिन्न वडाहरूमा लामो समयसम्म विद्युत अवरुद्ध भएपछि सर्वसाधारण आक्रोषित बनेका थिए। जनताको गुनासो बढेपछि सांसद हरि पन्तले आज (शुक्रबार) दिउँसो करिब ३ बजे सरोकारवाला निकाय प्रमुखहरूलाई राखेर आकस्मिक छलफल गरेका थिए। ​सोही छलफलका क्रममा विद्युत प्राधिकरण वीरगन्जका प्रमुख विजय महतोले छपकैया सब-स्टेसनको नयाँ आपूर्ति लाइनमा लामो समयदेखि भइरहेको अवरोधबारे बेलिविस्तार लगाएका थिए। प्राधिकरणले पर्सौनी ग्रिडबाट ३३ केभीको प्रसारण लाइन छपकैया सब-स्टेसनसम्म जोड्ने कार्य गत फागुन महिनादेखि नै सुरु गरेको थियो। ​तर, छपकैया रेलवे रोड नजिकै वडा नम्बर ४ बोखार चोकमा निलम्बित मेयर राजेशमान सिंहका नातामा साढुभाइ पर्ने विनोद मानन्धर लगायतले "हामी मेयरको खानदान हौँ" भन्दै फागुनदेखि नै काममा विवाद र अवरोध खडा गर्दै आएका थिए। ​भूमिगत लाइन बिग्रिएपछि पोलबाट तार तान्न अवरोध ​बुधबार सो क्षेत्रको भूमिगत (अण्डरग्राउन्ड) विद्युत लाइनमा अचानक समस्या आएपछि प्राधिकरणका कर्मचारीहरूले वैकल्पिक व्यवस्थाका लागि पोलबाट तार तान्न खोजेका थिए। तर, मानन्धर समूहले आफ्नो शक्तिको धाक लगाउँदै पोलबाट तार तान्न कडा अवरोध गरेपछि वीरगन्ज वडा नम्बर १, २, ३ र १६ सहित आधा सहरको बत्ती गम्भीर रूपमा काटिएको थियो। जसका कारण प्रचण्ड गर्मीमा हजारौँ सर्वसाधारणले तीन दिनसम्म सास्ती भोग्नुपर्‍यो। ​श्रोतका अनुसार, बुधबार विद्युत प्राधिकरणका कर्मचारी र मानन्धर पक्षबीच तीव्र विवाद भएको थियो।

    Ad
    Ad
    Ad

    पछि आक्रोशित स्थानीय बासिन्दाहरूले मानन्धर समूहमाथि चर्को दबाब दिएपछि मात्र उनीहरू पछि हट्न बाध्य भएका थिए र प्राधिकरणले तार तान्ने काम अगाडि बढाएको थियो। ​आज रातिसम्म विद्युत सुचारु हुने ​जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा प्राधिकरण प्रमुख विजय महतोले अवरोध हटेर काम द्रुत गतिमा अघि बढेको जानकारी गराएका छन्। सिडिओ कार्यालयमा उनले दिएको जानकारी अनुसार, आज राति ९ बजेसम्म बलिरामपुर क्षेत्रमा र साँझ ६ बजेसम्म नगवा क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा सुचारु भइसक्ने छ। ​महानगरबासीलाई अन्धकारमा राखेर शक्तिको दुरुपयोग गर्ने यस्ता तत्वहरूमाथि स्थानीयले चर्को आक्रोश व्यक्त गरेका छन् भने प्रशासनले पनि विकास निर्माण र सार्वजनिक सेवामा अवरोध गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग उठेको छ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • PABSON पर्साद्वारा दशै, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    • पाकिस्तानमा राजनीतिक तनाव चुलियो: इमरान खानको पार्टीका २७८ सदस्य हिरासतमा
    • बीरगञ्जमा मिसन नेपालको आयोजनामा ‘रासरंग २०८३’ सम्पन्न, गरबा–डान्डियामा रमाए सहभागी
    • माधवकुमार नेपालको घोषणा : महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने इच्छा
    • APEN पर्सा जिल्ला कार्यसमितिमा नयाँ पदाधिकारी चयन, प्रारम्भिक शिक्षाको गुणस्तर सुधारमा जोड
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.